प्रतिनिधिसभा पुनःस्थापना नहुञ्जेल आन्दोलन रोकिँदैन : प्रचण्ड


  • प्रतिनिधिसभा पुनःस्थापना नहुञ्जेल आन्दोलन रोकिँदैन : प्रचण्ड
  • कठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले मंगलबार शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधकम सडकमा उत्रिएका नेकपा प्रचण्ड–नेपाल समूहले देशभर प्रदर्शन गरेको छ । उनले सदनभित्र गएर विकल्प खोज्दा देखिएन भने मात्र प्रतिनिधिसभा विघटन हुन सक्छ भन्ने व्यवस्था संविधानमा राखिएको भन्दै भने, ‘तर अहिले संविधानको मर्म र भावनामाथि निर्मम ढङ्गले प्रहार गरिएको छ, यो सदन, सार्वभौम सांसद र नेपाली जनताको लामो सङ्घर्ष र बलिदानमाथिको प्रहार हो ।’ संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद् विघटन गरिनु बिडम्बनायुक्त भएको बताउँदै उनले भने, ‘सदन विघटन भएको छैन, सदन जीवित छ, सरकार संविधानको मर्म र जनताको भावना विपरीत गएको छ, प्रतिनिधिसभा पुनःस्थापना नहुञ्जेल आन्दोलन रोकिँदैन ।’   सोक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहने दाबी समेत गरे ।विरोध प्रदर्शनलाई राजाधनीमा सम्बोधन गर्दै उनले प्रधानममन्त्री ओलीले चुनाव गर्न मध्यावधि घोषणा नगरेको भन्दै भ्रममा नपर्न समेत आग्रह गरे । उनले भने, ‘कतिपय मानिसहरुलाई कम्युनिस्ट पार्टी विभाजित भएको, मध्यावधि भइहाल्यो भने हामीले चुनाव जितिन्छ भनेर अलिअलि सपना देख्न खोजेको सुनिन्छ ।’ चुनाव हुन्छ भन्नेमा स्वयंम केपी शर्मा ओलीलाई नै भरोसा नभएको भन्दै उनले भने, ‘चुनाव त हुँदैन, जबरजस्ती लैजाने भन्ने छ उहाँहरुको योजना छ ।’ हाम्राखवर

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *