भारतले आजबाट नेपालसहितका छिमेकीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउदै


  • भारतले आजबाट नेपालसहितका छिमेकीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउदै

    काठमाडौं । भारतले आज वुधवारवाट नेपालसहित नजिकका छिमेकीको लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराउने जनाएको छ । भारतको विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमारलगायतका राष्ट्रहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने उल्लेख छ । भारतमा निर्मित खोपहरुको आपूर्तिका लागि अनुरोध गरेका छिमेकी देशहरुलाई खोप उपलब्ध गराउन लागिएको हो । अनुदान सहायता अन्तर्गत खोप उपलब्ध गराउन लागेको जारी विज्ञप्तिमा उल्लेख छ । भारतले यसअघि त्यहाँ निर्मित कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । छिमेकी देशहरुलाई अनुदान दिँदा पनि भारतमा पर्याप्त मात्रामा खोप उपलब्ध हुने त्यहाँको सरकारले जनाएको छ । बाह्रखरी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *