कोरोना भाइरसविरुद्धको दश लाख डोज खोप आइपुग्यो नेपाल, औषधि सेवन गरेकालाई असर गर्ने


  • कोरोना भाइरसविरुद्धको दश लाख डोज खोप आइपुग्यो नेपाल, औषधि सेवन गरेकालाई असर गर्ने

    काठमाडौँ । नेपालमा कोभिड–१९ संक्रमण देखिएको एक वर्षपछि नेपाली नागरिकले भारत सरकारको सहयोग स्वरुप कोरोना भाइरसविरुद्धको खोप पाउने भएका छन् । भारत सरकारले अनुदानस्वरुप दिएको कोरोना भाइरसविरुद्धको दश लाख डोज खोप नेपाल आइपुगेको छ । बिहीबार बिहान ११ः ४८ बजे एयर इण्डियाको जहाजमार्फत खोप त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेको हो । विमानस्थालमा एक औपचारिक कार्यक्रमबीच भारतले नेपाललाई उक्त खोप हस्तान्तरण गरेकाे छ । सो खोप हस्तान्तरणपछि सिधै टेकूस्थित राष्ट्रिय खोप भण्डार लगिएको मन्त्रलायले जनाएको छ । सो ‘कोभिड – १९’ विरुद्धको खोप उच्च अग्रस्थानमा रहेर काम गर्ने व्यक्तिहरु र जोखिममा रहेकालाई पहिले लगाइने मन्त्रालयले जनाएको छ । यस्ता समस्या भएका व्यक्तिले लगाउँनु हुँदैन कोरोना खोपः बाहिरी देशहरुमा कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिहरुमा नकारात्मक साइड इफेक्टहरु देखिएका घटना बाहिरीएका छन् । खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले भारतमा खोप लगाएका केही मानिसमा नकारात्मक असर देखिएका कारण केही स्वास्थ्य समस्या भएका व्यक्तिहरुले खोप नलगाउन आग्रह गरेको छ ।   १ एलर्जीको समस्या भएका २ रोग प्रतिरोधात्मक क्षमता कम भएका ३ गर्भवती अथवा गर्भधारणको योजना बनाइरहेका महिला ४ ज्वरो आएका ५ रगत पातलो बनाउने औषधि सेवन गरिरहेका साथै अन्य खोप लगाइरहेका व्यक्तिलाई पनि यो खोप नलगाउन कम्पनीले अनुरोध गरेको छ । खोप लगाउनुअघि आफ्नो स्वास्थ्यस्थितिबारे चिकित्सकसँग सल्लाह लिन र खोपको पहिलो डोज लगाएपछि कुनै गम्भीर स्वास्थ्य समस्या देखिएमा दोस्रो डोज नलिन समेत कम्पनीले सूचित गरेको छ ।  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *