विश्वमा कोरोना संक्रमणवाट ज्यान गुमाउनेको संख्या २० लाख नाघ्यो


  • विश्वमा कोरोना संक्रमणवाट ज्यान गुमाउनेको संख्या २० लाख नाघ्यो

    काठमाडौं । कोरोना भाईरस (कोभिड-१९) संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या २० लाख ६६ हजार नाघेको छ । हालसम्म विश्वमा २० लाख ६६ हजार १७६ कोरोना संक्रमितको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ५६९ कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड ५६ लाख १२ हजार ८३१ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ लाख १० हजार ४१३ संक्रमित थपिएका छन् । कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड ५६ लाख १२ हजार ८३१ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । त्यस्तै भारतमा मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *