देशभर कोरोनाविरुद्धको खोप पठाइदै, पहिलो चरणमा ५० हजारलाई लगाउने


  • देशभर कोरोनाविरुद्धको खोप पठाइदै, पहिलो चरणमा ५० हजारलाई लगाउने
  • काठमाडौं । देशभर पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाउन चाहनेको संख्या ५० हजार पुगेको छ । त्यसका लागि विद्युतीय प्रणालीबाट विवरण संकलन भइरहेको स्वास्थ्य मन्त्रालयको सूचना व्यवस्थापन इकाइले जनाएको छ । हिजोसम्म ५० हजारको विवरण संकलन भएको र हरेक घण्टामा तीन हजारभन्दा धेरैको नाम दर्ता भइरहेको सूचना व्यवस्थापन एकाइका प्रमुख राजेन्द्र पौडेलले जानकारी दिनुभयो । आज साँझसम्ममा पूर्ण विवरण आइसक्ने एकाइको अनुमान छ । विवरण आएसँगै आजैदेखि जिल्ला जिल्लामा खोपको मात्रा पठाइनेछ । स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा कोभिड–१९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कार्यालय सहयोगी, गेटमा बस्ने सुरक्षाकर्मी, काउन्टरमा बस्ने कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिडको संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोरमैला व्यवस्थापन तथा सरसफाइकर्मीको तंथ्याङ्क विद्युतीय प्रणालीमा संकलन गरिरहेको छ । त्यसका लागि सूचना व्यवस्थापन एकाइले माघ ८ गते सार्वजनिक सूचना प्रकाशित गरेको थियो । सूचनामा पहिलो चरणमा खोप लगाउन तोकिएको मापदण्डभित्र पर्ने कर्मचारीले सम्बन्धित कार्यालयका प्रमुखको सिफारिसमा नाम दर्ता गराउने र उनीहरुलाई एक साताभित्र खोप लगाउने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ । भारतले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको १० लाख डोज कोभिसिल्ड खोपलाई टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्रमा भण्डारण गरिएको छ । १० लाख डोजबाट करिब चार लाख जनालाई खोप लगाउन सकिनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *