मलेशियावाट एकैपटक १७ जना नेपालीको शव नेपाल आयो


  • मलेशियावाट एकैपटक १७ जना नेपालीको शव नेपाल आयो

    काठमाडौं । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धन कमाउने सपना र अभिलाषा बोकेर विभिन्न समयमा मलेसिया पुगेका १७ जनाको शव आइपुग्यो । एकैसाथ १७ शवका लस्कर देखिएपछि मृतकका आफन्तमात्र नभएर विमानस्थलकै कर्मचारीसमेत स्तब्ध भए । मलेशियास्थित नेपाली दूतावासँगको समन्वयमा निगमले नेपालीको शव ल्याएको हो । नेपाली दूतावासलाई उद्धृत गर्दै निगमले जनाएअनुसार अझै त्यहाँ ३७ वटा शव रहेको छ । ती शव समयभित्रै नेपाल ल्याउन निगमले आवश्यक तयारी भइरहेको जनाएको छ । मलेसियाको क्वालालाम्पुरबाट शनिबार नेपाल वायुसेवा निगमले वाइडबडी जहाज ए ३३० जहाजबाट १७ जनाको शव र एउटा अस्तु नेपाल ल्याइएको हो । ती शव लिन नेपाल वायुसेवाको जहाज शुक्रबार राति ११ बजे मलेसिया गएको थियो । महिनौँदेखि अलपत्र अवस्थामा रहेका नेपालीको शव ल्याउन निगमको जहाज प्रयोग भएको हो । विभिन्न समयमा विविध कारणले ज्यान गुमाएका ती शवहरु सानो जहाजमा यात्रुसहित उडान गर्दा यात्रुकै ब्यागेजले कार्गो भरिने समस्या कारण उतै अड्किएका थिए । शनिबार ल्याइएको शव लिन केहीका आफन्त विमानस्थल पुगेका थिए भने कतिपय आएका थिएनन् । शव लिन पुगेका आफन्तको आँशु र विलौना देखेर सन्नाटा छाएको थियो । ती शवहरुलाई वैदेशिक रोजगार बोर्डले निःशुल्क घर वा आफन्तले सद्गत गर्ने स्थानसम्म पुर्याउनेछ । विदेशमा अलपत्र नेपाली कामदारको शव नेपाल ल्याएर निगमले सामाजिक उत्तरदायित्वको उदाहरणीय काम भएको निगमका सहप्रवक्ता शुलेख मिश्रले बताए । उनले भने, ‘नेपाल वायु सेवा निगम राष्ट्रिय ध्वजावाहक भएकाले हामी सदैव नेपाल र नेपालीको सुखदुःखमा साथमा हुनुपर्छ र यस कारण पनि सामाजिक उत्तरदायित्व हाम्रो प्राथमिक क्षेत्र हो र जसप्रति निगम उच्च संवेदनशील छ ।’ दृष्टिन्युजवाट    

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *