सशस्तय प्रहरीद्धारा नक्कली नोटसहित दुई जना पक्राउ


  • सशस्तय प्रहरीद्धारा नक्कली नोटसहित दुई जना पक्राउ

    काठमाडौं । सशस्त्र प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका– ८ पचुँइबाट लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँका २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट सहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्केको सशस्त्र प्रहरी नायब निरीक्षक केशवबहादुर चन्दको कमाण्डमा रहेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुका साथबाट नक्कली नोट बनाउने कागज २०० , नक्कली नोट हजार दरको पाँच , मोबाइल फोन दुई थान, नगद रु १६०, मोटरसाइकलको लाइसेन्स, ब्लुबुक बरामद गरिएको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ । पक्राउ परेका दुवैलाई बरामद नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आवश्यक कारवाहीका लागि प्रहरीलाई बुझाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *