आज माघ १९, तत्कालिन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएको दिन


  • आज माघ १९, तत्कालिन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएको दिन
  • काठमाडौं । आज माघ १९, अर्थात १६ वर्षअघि तत्कालिन राजा ज्ञानेन्द्र शाहले राजनीतिक ‘कू’ गरेको दिन । उनले प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गर्दै शासन सत्ता आफ्नो हातमा लिएका थिए । उनले आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरेका थिए । २०६१ साल माघ १९ गते शेरबहादुर देउवाको नेतृत्वमा रहेको तत्कालिन मन्त्रिपरिषद् विघटन गर्दै शाही सम्बोधन मार्फत शासनसत्ता आफैंले चलाउने घोषणा गरेका थिए । यही पृष्ठभूमिमा रहेको भएको जनआन्दोलनले अढाइ सय वर्षको राजतन्त्र फालेको थियो । यही जगमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बन्न सफल भयो । त्यसबेला राजाले राजनीतिक अधिकार खोस्दै मानवअधिकार र प्रेस स्वतन्त्रतामाथि प्रहार गरेका थिए । त्यसबेला टेलिफोन लाइनहरु काटिएका थिए भने सञ्चारगृहहरुमा सेना परिचालन गरिएको थियो । दृष्टिन्युजवाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *