कोभिड–१९ विरुद्धको खोप लगाउनेको संख्या एक लाख ५८ हजार नाघ्यो


  • कोभिड–१९ विरुद्धको खोप लगाउनेको संख्या एक लाख ५८ हजार नाघ्यो
  • काठमाडौं । कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोप अहिलेसम्म एक लाख ५८ हजार ४८७ ले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ७७ जिल्लाका २०१ खोप केन्द्रबाट एक लाख ५८ हजार ४८७ ले खोप लगाएको बताए । उनका अनुसार प्रदेश नम्बर–१ मा २१ हजार ७५४, प्रदेश नम्बर–२ मा २१ हजार १८५, वाग्मती प्रदेशमा ५५ हजार ५०४, गण्डकी प्रदेशमा १७ हजार २६७, लुम्बिनी प्रदेशमा २३ हजार ७९८, कर्णाली प्रदेशमा आठ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९०७ ले खोप प्राप्त गरेका छन् । मन्त्रालयले पहिलो चरणको खोप अभियान यही माघ २४ गतेसम्म चल्ने भएकोले सूचना प्रणालीमा दर्ता नभएका कारण खोप सेवा लिनबाट वञ्चित हुन नदिन नेपाल मेडिकल काउन्सिल, नेपाला नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल आयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलको दर्ता प्रमाणपत्र र फोटोसहितको परिचयपत्र लिई आएमा सम्बन्धित खोप केन्द्रले खोप लगाउने व्यवस्था मिलाउन अनुरोध गरेको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख मात्रा उक्त खोप लगाउन थालिएको हो । रासस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *