लोकदोहोरी प्रतिभाका लागि ‘दोहोरी च्याम्पियन’ हुने प्रथमलाई २० लाख पुरस्कार


  • लोकदोहोरी प्रतिभाका लागि ‘दोहोरी च्याम्पियन’ हुने प्रथमलाई २० लाख पुरस्कार

    काठमाडौं । लोकदोहोरी प्रतिभाका लागि ‘दोहोरी च्याम्पियन’ हुने भएको छ । ‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ स्लोगनसहित सुरु हुन लागेको ‘दोहोरी च्याम्पियन’को डिजिटल अडिसन आजबाट सुरु भएको छ । फागुन १ बाट सुरु डिजिटल अडिसन ८ गतेसम्म सकिने छ । सहभागिताका लागि एक जना पुरुष र एक जना महिलाको समूह बनाएर कम्तिमा ४/४ टुक्का दोहोरी गाएर फेसबुक अथवा इमेलमा पठाउनु पर्नेछ । नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘दोहोरी च्याम्पियन’का प्रथमले २० लाख, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः १० लाख, ३ लाख र २ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको निर्णायकका रुपमा बद्री पंगेनी र प्रिती आले रहने छन् । प्रतियोगिता नेपाल टेलिभिजनबाट चाँडै प्रशारण हुने जनाइएको छ ।  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *