फागुन २३ गतेका लागि राष्ट्रपति भण्डारीवाट संसद अधिवेशन आह्वान


  • फागुन २३ गतेका लागि राष्ट्रपति भण्डारीवाट संसद अधिवेशन आह्वान

    काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि संसद अधिवेशन आह्वान गरेकी छन् ।

    सोमबार विहान बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपतिले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् ।

    सोमबार अपरान्ह राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नयाँ बानेश्‍वरस्थित संसद भवनमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको उल्लेख छ ।



  • प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी ताजा जनादेशमा जान आह्वान गरेकी थिइन् । तर सर्वोच्च अदालतले फागुन ११ गते संसद पुनःस्थापनाको फैसला गर्दै १३ दिनभित्र संसदको अधिवेशन आह्वान गर्न परमादेश जारी गरेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *