पुलिसलाई हराउदै संकटा क्वार्टरफाइनलमा प्रवेश


  • पुलिसलाई हराउदै संकटा क्वार्टरफाइनलमा प्रवेश

    हेटौंडा । ए डिभिजन टोली संकटा क्लब हेटौडामा जारी स्थानीय तह सहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा संकटा क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ । हेटौंडाको वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री) खेल मैदानमा शनिबार अर्को ए डिभिजन टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटा क्लबले अन्तिम ८ मा पुगेको हो । विदेशी खेलाडी आका लेहोलेले गरेको गोल खेलको निर्णायक बन्यो । उनले ३१ औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच संकटाका नितिन थापाले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा आइतबार नेपाल एपिएफ क्लब र सर्लाहीको बागमती युवा क्लबबीच खेल हुने आयोजकले जनाएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भैरहेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । चैत्र ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ए डिभिजन र एक विदेशीसहित १० टोलीको सहभागिता रहेको छ । हाम्रो खेलकुदबाट ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *