सर्वोत्तम सिमेन्टले आइपिओ निष्काशन गर्दै


  • सर्वोत्तम सिमेन्टले आइपिओ निष्काशन गर्दै

    काठमाडौं । सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर निष्काशन गर्नका लागि प्रकृया अगाडि बढाएको छ। कम्पनीले बुधबार आइपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ भने एनआइविएल एस क्यापिटल र प्रभु क्यापिटललाई सह बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले बुक विल्डिङको माध्यमबाट आइपीओ जारी गर्न लागेको हो । कम्पनीले बिक्री गर्न लागेको चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ६० लाख कित्तामध्ये संंस्थागत लगानीकर्तालाई २४ लाख कित्ता, स्थानिय जिल्लावासीलाई ८ लाख कित्ता र बाँकी २८ लाख कित्ता सर्वसाधारणका लागि बिक्रीमा ल्याउने छ। कम्पनीको अन्तरिक मूल्याँकन गर्दा कम्पनीले प्रतिकित्ता शेयरको मूल्य ७५० रुपैयाँ तोकेको छ तर अन्तिम मूल्य भने संस्थागत योग्य लगानीकर्ताहरुद्धारा वोलकबोल विधिबाट निर्धारण हुने छ। कम्पनीको विगत ३ वर्षंको औसत प्रतिशेयर आम्दानी ५२ रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको अन्तिमसम्ममा कम्पनीको रिजर्भमा २ अर्ब ३१ करोड रहेको कम्पनीले जनाएको छ। आइपीओ जारी गर्नको लागि कम्पनीले इक्रा रेटिङबाट ट्रिपल बि रेटिङ्ग पाएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *