माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै, सरकारलाई दिएको समर्थनबारे छलफल हुने


  • माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै, सरकारलाई दिएको समर्थनबारे छलफल हुने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आज (मंगलबार) स्थायी समितिको बैठक बस्दैछ । माओवादी केन्द्रले आज बिहान आठ बजे बस्ने गरी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाएको हो ।   सरकारलाई दिएको समर्थन फिर्ता, नयाँ सरकार गठनका सन्दर्भमा गठबन्धनको विषयमा समेत मंगलबार बस्ने बैठकमा छलफल हुने बुझिएको छ ।   माओवादी केन्द्रले पछिल्लो समय बसेको स्थायी कमिटीको बैठकले गरेका निर्णय र त्यसका कार्यान्वयनका विषयमा समेत छलफल हुने पेरिसडाँडानिकट एक नेताले जानकारी दिए ।   आजको बैठकमा माओवादीबाट चुनाव जित्दै मन्त्री बनेर अहिले एमालेमा प्रवेश गरेका सांसदलाई स्पष्टीकरण सोधिएपछि बाँकी प्रक्रिया के कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल हुने बुझिएको छ । दृष्टि    

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *