चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा एक किशोरीको मृत्यु


  • चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा एक किशोरीको मृत्यु

    धनगढी । चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो ।   मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरथ थिइन् । गम्भीर घाइते सपनाको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *