उत्तर कोरियाद्वारा जापानको समुद्रमा दुईवटा क्षेप्यास्त्र प्रहार


  • उत्तर कोरियाद्वारा जापानको समुद्रमा दुईवटा क्षेप्यास्त्र प्रहार

    उत्तर कोरियाले जापानको समुद्रमा दुईवटा बालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापान र अमेरिकी अधिकारीहरुले बताएका छन् । जो बाइडेन अमेरिकी राष्ट्रपति बनेपछि उत्तर कोरियाले बालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको यो पहिलो अवसर हो ।   संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पारित संकल्प प्रस्तावमा उत्तर कोरियाले कुनै पनि बालिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न पाउँदैन । तर, उत्तर कोरियाले भने त्यसलाई बेवास्ता गर्दै आफ्नो क्षेप्यास्त्र कार्यक्रमलाई अघि बढाइरहेको छ ।   जापानले क्षेप्यास्त्रको अवशेष आफ्नो नियन्त्रणमा रहेको समुद्री क्षेत्रमा भने नपरेको बताएको छ । केही दिनअघि मात्र उत्तर कोरियाले दुई नन बालिस्टिक क्रुज मिसाइललाई येलो सीमा प्रक्षेपण गरेको थियो ।   क्रुज मिसाइलको परीक्षणलाई प्रतिबन्ध नगरिएपनि बालिस्टिक मिसाइललाई भने खतरनाक हतियार मानिन्छ । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले पछिल्लो परीक्षणले सो क्षेत्रको शान्ति र सुरक्षामा चुनौति थपिएको बताए ।बिबिसी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *