अज्ञात समूहको गोली लागी महोत्तरीमा एक जना घाइते


  • अज्ञात समूहको गोली लागी महोत्तरीमा एक जना घाइते

    महोत्तरी । अज्ञात समूहले चलाएको गोली लागेर महोत्तरीमा एक जना घाइते भएका छन् । जिल्लाको औरही नगरपालिका वडा नम्बर ६ बैरियामा अज्ञात समूहले प्रहार गरेको गोलीबाट बर्दिवास नगरपालिका वडा नम्बर १ का ३० वर्षीय रोशन कोइराला घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी दिनेश आचार्यका अनुसार कोइरालामाथि दुई गोली प्रहार गरिएको छ । एउटा गोली उनको हातमा र अर्काे कोखामा लागेको आचार्यले बताए । गोली प्रहारबाट घाइते भएका कोइरालालाई उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पतालमा भर्ना गरिएको छ। प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *