मेलम्चीमा आएको बाढीले तीन तले घर बगायो


  • मेलम्चीमा आएको बाढीले तीन तले घर बगायो

    काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा अविरल वर्षापछिको बाढीले एक घर बगाएको छ । शनिबार बिहान मेलम्ची नगरपालिका ११ स्थित इन्दरावती नदीको छेउमा रहेको स्थानीय गोपाल दुलालको तीन तले पक्की घर बाढीले बगाएको हो । एक साताअघि आएको भीषण बाढीकै बेला सो घर जोखिममा रहेकामा शनिबारको बाढीले भत्किन पुगेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । घरपरिवार अन्यत्र स्थानान्तर भइसकेकाले कुनै मानविय क्षति भने भएको छैन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *