करिनाले १२ करोड मागेपछि चलचित्र ‘द इन्कारनेसन–सीता’ मा कंगना फाइनल


  • करिनाले १२ करोड मागेपछि चलचित्र ‘द इन्कारनेसन–सीता’ मा कंगना फाइनल

    मुम्बई । केवी विजयेन्द्रप्रसाद लिखित र अलौकिक देसाईको निर्देशनमा बन्न लागेको चलचित्र ‘द इन्कारनेसन–सीता’ निर्माण अगावै चर्चामा आएको चलचित्र हो । यो चलचित्रमा सीताको भूमिकाका लागि अभिनेत्री करिना कपुरलाई अफर गरिएको थियो । यद्यपि उनले १२ करोड पारिश्रमिक माग गरेपछि निर्माताहरू अर्को अभिनेत्रीको खोजीमा लागेको खबर आएको थियो ।  अन्ततः निर्माता टिमले सीताको भूमिकामा अभिनेत्री फाइनल गरेको छ । नवभारत टाइम्सका अनुसार यो भूमिकाका लागि अभिनेत्री कंगना रनौत ‘कन्फर्म’ गरिएको छ । यो खबरलाई पुष्टि गर्दै चलचित्रको निर्माण गरिरहेकी एसएस स्टुडियोको निर्मात्री सलोनी शर्मा भन्छिन्, “एक महिलाको नाताले म कंगनालाई स्वागत गर्न पाउँदा निकै खुसी छु । चलचित्र ‘द इन्कारनेसन सीता’ मा कंगनाले भारतीय महिलाको निडर छवि दर्शाउने छिन् ।” यता अभिनेत्री कंगनाले पनि चलचित्रको पोस्टर सेयर गर्दै यसबारे जानकारी दिएकी छन् । कंगना लेख्छिन्, “सीता रामको आर्शिवादको साथमा चलचित्र ‘द इन्कारनेसन सीता’ मा टाइटल भूमिका पाएकोमा र प्रतिभावान टिमसँग काम गर्न खुसी छु । जय सिता राम !”
    हुन त बाहुबलीसमेत लेखेका लेखक केवीले यसअघि नै उनले यो चलचित्र अभिनेत्री कंगनालाई ध्यानमा राखेर लेखेको उल्लेख गरिसकेका थिए । अभिनेत्री कंगनाको लामो प्रतीक्षापछि हालै चलचित्र ‘थलाइवी’ रिलिज भइसकेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *