कांग्रेस केन्द्रीय कार्यसमितिमा नयाँ अनुहार


  • कांग्रेस केन्द्रीय कार्यसमितिमा नयाँ अनुहार

    काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिमा नयाँ अनुहार उल्लेख्य संख्यामा हुने भएको छ । खुलातर्फ आइतबार निर्वाचित ३५ केन्द्रीय सदस्यमा १५ जना नयाँ छन् । अघिल्लो महाधिवेशनमा खुलातर्फ निर्वाचित २५ केन्द्रीय सदस्यमध्ये विश्वप्रकाश शर्मा र रमेश लेखक मात्र नयाँ थिए । यस पटक मतगणना बाँकी रहेका विभिन्न ‘क्लस्टर’ का ८६ केन्द्रीय सदस्यमा पनि नयाँ अनुहार प्रतिस्पर्धामा छन् ।
    १३ पदाधिकारीमा सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काबाहेक सबै नयाँ हुन् । सभापतिले मनोनयन गर्ने ३३ केन्द्रीय सदस्यमा भने पुरानै नेताको बाहुल्य हुने अनुमान छ । महाधिवेशनमा पदाधिकारीपछि सबैभन्दा रोचक र कडा प्रतिस्पर्धा खुलातर्फको केन्द्रीय सदस्यमा थियो । ३५ सदस्यका लागि ९९ जना चुनावी मैदानमा थिए । बीपी कोइराला–पुत्र शशांकले सबैभन्दा बढी ३ हजार ८ सय ३६ मत ल्याए । उनी चारवटै प्यानलको सूचीमा परेका थिए । गत महाधिवेशनमा कोइराला परिवारकै शेखरले सबैभन्दा बढी मत ल्याएका थिए । उनी यस पटक देउवासँग सभापतिमा पराजित भए । उदयशमशेर राणा र रामहरि खतिवडा क्रमशः चौथो र पाँचौं बढी मत ल्याउँदै पहिलो पटक केन्द्रीय समितिमा प्रवेश गरेका छन् । तरुण दलका अध्यक्ष जितजंग बस्नेत र नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर क्रमशः ११ औं र १५ औं नम्बरमा निर्वाचित भएका छन् । दृष्टिन्युजवाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *