वीरगञ्जबाट ९० लाख रुपैयाँ बरावरको मालसामान वरामद


  • वीरगञ्जबाट ९० लाख रुपैयाँ बरावरको मालसामान वरामद

    पर्सा । पर्साको वीरगञ्जबाट ९० लाख रुपैयाँ बरावरको विभिन्न मालसामान बोकेको एउटा ट्रकलाई सशस्त्र प्रहरीको टोलीले कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।   बिल बिजकभन्दा फरक भएको विद्युतीय सामान, औषधिलगायतका सामान बोेकेको ना ६ ख ९९०५ नम्बरको ट्रकलाई कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।   विषेश सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक चोकबाट नियन्त्रणमा लिएर ट्रक र मालसमानको रु ९० लाख ७५ हजार ४१६ बराबरको मुल्याङ्कन गरी कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *