दोस्रो एल्बमको तयारीमा रेडियो प्रेमी वान गिरी


  • दोस्रो एल्बमको तयारीमा रेडियो प्रेमी वान गिरी

    काठमाण्डौं ।

    रेडियोप्रेमी वान श्याम गिरीले दोस्रो गीत ‘मुटुमा तिमी त्यो आंखामा म पनी’ बजारमा ल्याउने तयारी गरेका छन । पहिलो गीतबाट सोचेजस्तो दर्शकको माया पाउन नसकेेका उनले दोस्रो गीतको तयारी गरेका हुन ।

    बांकेमा एफ.एम. रेडियोको स्थापनासँगै रेडियोसंग साइनो गासेका नेपालगंजका श्याम गिरी यतिबेला गित लेखनसंगै टिकटकमा समेत जोडिएका छन । रेडियोबाट प्रसारण हुने विभिन्न कार्यक्रममा नियमित जोडिएर आफ्नो छुट्टै पहिचान बनाउन सफल उनलाई विगत लामो समयदेखी सबै स्रोता अनी रेडियोकर्मीले रेडियोप्रेमी वान भनेर चिन्ने गर्छन।

    बिगत डेढ दशकदेखी रेडियो स्रोताको रुपमा परिचय वनाउन सफल श्याम गिरीको यतिबेला गितकारको रुपमा थप अर्को परिचय जोडिएको छ । नेपाल आयल निगममा कार्यरत गिरी ‘रेडियोप्रेमी वान’ ले दुई वर्ष अघी ‘हे माया तिमी कहाँ छौं कहाँ’ बोलको आधुनिक गीत पहिलो पटक बजारमा ल्याएका हुन् । पहिलो गीत रचना गरेर गायन यात्रामा जोडिएका गिरी यतिबेला पुन अर्को ‘मुटुमा तिमी त्यो आंखामा म पनी’ बोलको गीत दर्शक स्रोतामाझ लिएर आउने तयारिमा रहेको बताउछन ।

    श्याम गिरीको शब्द/रचना, भद्र वलीको स्वर रहेको पहिलो गीत ‘हे माया तिमी कहाँ छौं कहाँ’ बाट सोचे अनुरुप दर्शकको माया पाउन नसकेको बताउदै दोस्रो गीतबाट दर्शक, स्रोताको माया पाउनेमा ढुक्क रहेको बताउदै



  • पहिलो गीतमा भएका त्रुटिहरुलाई पुर्ण रुपमा सच्याएर दोस्रो गीतको तयारी गरेको बताउछन ।

    त्यसो त उनी पछिल्लो समयमा टिकटकमा बढी जोडिन थालेका छन । आफ्नो गीत साथै भिडीयोको तत्काल प्रतिकृया पाउने र धेरै साथीहरुसंग प्रत्यक्ष जोडिन सकिने भएकोले टिकटकमा जोडिएको गिरी बताउछन । यतिबेला गिरीले दोस्रो गीत बजारमा ल्याउनुपुर्व नै टिकटक मार्फत उक्त गीतको प्रचारप्रसार गरिरहेका छन ।

    भिडियो हेर्नुहोस:

    https://www.tiktok.com/@premi1radio/video/7119342806862187803?is_from_webapp=1&sender_device=pc&web_id=7127955059345769985

    https://www.tiktok.com/@aanshvermaa_100/video/7019657478585519387?is_from_webapp=1

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *