नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु


  • नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु
  • काठमाडौं। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।पोखरा रंगशालामा आज विशेष समारोहकाबीच प्रतियोगिताको उद्घाटन गरिदैछ । मार्चपास, झाँकी, गीत, नाचगान लगायतका कार्यक्रम रहेको छ । कोभिड महामारी लगायतका कारण ४ वर्षपछि राष्ट्रिय खेलकुद हुन लागेको हो । गण्डकीमा भने ३९ वर्षपछि प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका धेरैजसो खेलहरु पोखरा रंगशालामा हुनेछन् ।
    प्रतियोगितामा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । विभागीय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाउँदैछन् । प्रतियाेगितामा ३६ खेलमा कुल ६ हजार १ सय ५७ खेलाडीले ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता कात्तिक ३ गतेसम्म चल्ने छ । प्रतियोगिताका क्रिकेट, ह्याण्डबल, फेन्सिङ, फुटबल, भलिबल र हकीको प्रतिस्पर्धा यसअघि नै सुरु भइसकेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *