अर्थतन्त्र

सरकारी कर्मचारीलाई तलब सहित १० दिन भ्रमण बिदा

काठमाडौं । सरकारले सरकारी कर्मचारीलाई १० दिन भ्रमण बिदा घोषणा गरेको छ । भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा अर्थमन्त्री विष्ण प्रसाद पौडेलले गरेका छन् । उनका अनुसार आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याइएको हो । यसको लागि आवश्यक बजेट समेत अर्थमन्त्रीले प्रस्तुत गरेका छन ।

राष्ट्रपति भण्डारीद्वारा ३ वटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी ३ वटा अध्यादेश जारी गरेकी छन् । शनिबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन् । प्रतिनिधिसभा विघटन भएकाले सरकारले अध्यादेशबाट बजेट ल्याउँदैछ । आज अर्थमन्त्री विष्णु पौडेलले सिंहदबारबाट चार बजे आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछन् ।

अध्यादेशमार्फत बजेट ल्याउन राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । सरकारले अध्यादेशमार्फत बजेट ल्याउन राष्ट्रपति शपनबार समक्ष सिफारिस गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट अध्यादेश स्वीकृतका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गरेको गरेको हो । सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट आजै सार्वजनिक गर्ने तयारी गरेको छ । अपराह्न ४ बजे अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारबाट बजेट सार्वजनिक गर्दैछन् । विपक्षी गठबन्ध दललगायत अर्थविदहरुले काम चलाउ सरकारले काम चलाउ मात्र बजे ल्याउन सुझाव दिएका छन् ।

आज अपरान्ह ४ बजे बजेट सार्वजनिक हुँदै

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट आज (शनिबार) अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । अर्थ मन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुने जानकारी दिए । सरकारले करीब १६ खर्ब हाराहारी आकारमा बजेट ल्याउने तयारी गरेको छ । संसद विघटन भए पनि १५ जेठमा बजेट ल्याउनै पर्ने संवैधानिक

मन्त्रिपरिषद्को बैठक बस्दै, अपराह्न ४ बजे बजेट सार्वजनिक गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक बिहान ११ बजे बस्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । बजेट भाषण अघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । अर्थमन्त्री विष्णु पौडेलले आजै बजेट भाषण सार्वजनिक गर्ने तयारी गरेका छन् । अपराह्न ४ बजे बजेट सार्वजनिक गर्ने तयारी रहेको उनको सचिवालयले जानकारी दिएको छ । प्रतिनिधि सभा विघटन गरेपछि पनि सरकारले जेठ १५ गते नै

जेठ १८ गतेदेखि चीन सहित ३ देशमा नियमित उडान हुने

काठमाडौं चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलोमतोमा यात्रुलाई ठगिने क्रम नरोकिएपछि नेपाल सरकारले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रीपरिषद बैठकले जुन १ (जेठ १८) देखि कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो। तीनै देशमा सातामा एउटा उडानमात्र खुला गरिने भएको छ ।

सरकारले नयाँ आर्थिक वर्षको बजेट जेठ १५ मा सार्वजनिक गर्दै

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट १५ जेठमा सार्वजनिक गर्दैछ । वर्तमान काम चलाउ सरकारले बजेट ल्याउन नमिल्ने अर्थविद्हरुले बताइरहेका बेला अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बालुवाटारबाटै बजेट सार्वजनिक गर्न लागेका हुन् । बजेट शनिवार ४ बजे सार्वजनिक हुने कार्यक्रम तय भएको अर्थ मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन लागेका हुन् । यसैअनुरुप शुक्रबार आर्थिक सर्वेक्षण

काठमाडौँका तीन स्थानमा बर्डफ्लु भेटियो

काठमाडौं । काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण, पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा सङ्क्रमण पुष्टि भएको हो । उक्त स्थानका कृषकले पालेका टर्कीको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा जेठ १० गते पुष्टि भएको विभागका सूचना अधिकारी डा चन्द्र ढकालले जानकारी दिए । उहाँका अनुसार उक्त स्थानमा सङ्क्रमण फैलिन

कोरोना संक्रमण उपचारका लागि सरकारले थप  ३१ अर्ब ६० करोड ऋण लिने

काठमाडौं । कोरोना संक्रमण उपचारका लागि सरकारले थप ३१ अर्ब ६० करोड रूपैयाँ ऋण लिने भएको छ । यसमध्ये विश्व बैंकले ३ अर्ब ४० करोड ऋण दिइसकेको छ भने कोभिड १९ खोप व्यवस्थापनका लागि थप ९ अर्ब ऋण सहायता उपलब्ध गराउन हस्ताक्षर भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । यसैगरी एसियाली विकास बैंकले १९ अर्ब २० करोड ऋण दिने भएको मन्त्री त्रिपाठीले बताए । यसअघि नै कोभिड

कृषि मन्त्रालयद्वारा ४१ अर्ब बजेट माग

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब रुपैयाँ बजेट माग गरी कार्यक्रम पठाएको छ । संघीय सरकारतर्फ ३२ अर्ब र ९ अर्ब प्रदेश र स्थानीय सरकारमा जाने गरी बजेट माग भएको मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले जानकारी दिए । यो चालु आर्थिक वर्षमा कृषि क्षेत्रलाई विनियोजन गरिएको भन्दा करिब ७ अर्ब बढी हो । मन्त्रालयले प्रत्येक गाउँपालिकामा गोल्ड चेम्बर बनाउने प्रस्ताव गरेको छ । यस्तै