अर्थतन्त्र

सिईडिबि हाइड्रोपावरको आईपीओमा ११ गुणा बढी आवेदन

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको प्राथमिक शेयर आईपीओमा ११ गुणा बढी आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलमा अनुसार मंगलबार साँझ सम्ममा १७ लाख ३६ हजार ७०० आवेदनबाट २ करोड ६३ लाख ४५ हजार ५०० कित्ता शेयर माग भएको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको २३ लाख ४१ हजार ९५४ कित्ताको ११.२४ गुणा बढी हो । सिडिएससीका अनुसार हालसम्म परेका कुल आवेदन

सरकारी मुल्यमा गहुँ विक्री गर्दै विरगंजका किसान

वीरगञ्ज । प्रत्येक वर्ष धान खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यलय वीरगञ्जले मङ्गलबारदेखि किसानसँग समर्थन मूल्यमा गहुँ खरिद शुरु गरेको छ । संस्थानले नगदमै किसानसँग गहुँ खरिद शुरु गरेको हो । यसअघि सरकारी स्वामित्वमा रहेको संस्थानलाई धान बेच्दा राम्रो मूल्य पाएका किसान अहिले गहुँ बेच्न आकर्षित हुन थालेका छन् । सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार १११ निर्धारण गरेपछि किसानले सरकारलाई गहुँ बिक्री

पुन: अघि बढाइयो विद्युतीय बस खरिद प्रक्रिया

काठमाडौं । सरकारले विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाउन साझा यातायात सहकारी प्रालिलाई आवश्यक कागजात उपलब्ध गराएको छ । संस्थामार्फत नै विद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने गरी सरकारले दुई वर्ष अघि उक्त सहकारीको सेयर खरिद गरेको थियो । त्यतिबेला बस कस्तो हुने भन्ने विवरणलगायत विषयमा समस्या आउँदा सरकारले साझालाई दिइएको रकम फिर्ता गर्ने जनाएको थियो । सेयर रकम फिर्ता नभएको र सोही रकमबाट अहिले बस खरिद गरेर सञ्चालन

रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न सरकारको निर्देशन

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। देशभर कोभिड १९ सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले बुधवार विभिन्न १० बुँदे निर्देशन समेटिएको विज्ञप्ति जारी गर्दै रात्रिकालिन व्यवसाय रेष्टुरेष्ट, होटेल लगायत बन्द गर्न निर्देशन दिएको हो । त्यस्तै मन्त्रालयले ठुला सहरहरूमा एक हजार र साना शहरमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित देखिए आवागमनमा कडाइ गर्न निर्देशन समेत दिएको छ । घरबाहिर जाँदा अनिवार्य

सिंगटी हाइड्रोको आईपीओ शुक्रबार बाँडफाँड हुने

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ) आउँदो शुक्रबार बाँडफाँड हुने भएको छ । आवेदकहरुको भेरिफाइ भइरहेकोले आउँदो मंगलबार प्रि अलोटमेन्ट गरेर शुक्रबार बाँडफाँड गर्ने बिक्री प्रबन्धक मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सविरवादे श्रेष्ठले जानकारी दिए । कम्पनीको आईपीओमा १६ लाख २६ हजार ९०० आवेदकले २ करोड ४७ लाख ६७ हजार ८५० कित्ता सेयर माग गर्दै आवेदन दिएका छन् । कम्पनीले चैत ६ गतेदेखि प्रतिसेयर १०० रुपैयाँअंकित

होटल तथा रेस्टुरेन्टलाई कोरोनाकालको विद्युतु शुल्क मिनाहा

काठमाडौं । सरकारले होटल तथा रेस्टुरेन्टलाई कोरोनाकालको विद्युतुकाे डिमान्ड शुल्क मिनाहा गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यससम्बन्धी मन्त्रिपरिषद्को फागुन २० गतेको निर्णय आइतबार सार्वजनिक गरेका हुन्। कोभिड–१९ बाट अति प्रभावितको सूचीमा रहेका होटल तथा रेस्टुरेन्टलाई विद्युत् खपत गरे पनि नगरे पनि तिर्नुपर्ने न्यूनतम शुल्क मिनाहा तथा छुट दिने निर्णय भएको मन्त्री गुरुङले बताए। यो सुविधा होटल उद्योगका रूपमा दर्ता भई सञ्चालनमा रहेका, नियमित नवीकरण

ज्योति लाइफ इन्स्योरेन्सको शेयर १३ गते बाँडफाँड हुदै

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शेयर बाँडफाँटको लागि १३ गते शुक्रबारको डेट पाएको छ। उक्त कम्पनीको शेयर बाँडफाँटको लागि सिडिएससीले १३ गतेको समय दिएको हो। कम्पनीको शेयर बाँडफाँटको लागि गर्नु पर्ने तयारी लगभग अन्तिम चरणमा पुगेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। फागुन २१ गतेदेखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्कासनमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख

सर्वोत्तम सिमेन्टले आइपिओ निष्काशन गर्दै

काठमाडौं । सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर निष्काशन गर्नका लागि प्रकृया अगाडि बढाएको छ। कम्पनीले बुधबार आइपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ भने एनआइविएल एस क्यापिटल र प्रभु क्यापिटललाई सह बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले बुक विल्डिङको माध्यमबाट आइपीओ जारी गर्न लागेको हो । कम्पनीले बिक्री गर्न लागेको चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ६० लाख कित्तामध्ये संंस्थागत लगानीकर्तालाई २४ लाख कित्ता, स्थानिय जिल्लावासीलाई

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल तथा डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ । हवाई ईन्धन (आन्तरिक उडानतर्फ)को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेर ७४ रुपैयाँ कायम गरिएको छ । एलपी ग्यास तथा हवाई इन्धन (आन्तर्राष्ट्रिय उडान तर्फ)को खुद्रा बिक्री मूल्य यथावत नै कायम

स्याउको ‘हव’ बन्दै डोल्पाको मुड्केचुला गाउँपालिका

जाजरकोट । जाजरकोट–डोल्पा सडक निर्माण कार्यसँगै तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कृषकलाई स्याउका बिरुवा वितरण कार्य तीव्र बनाएको छ । गाउँपालिका र प्रदेश सरकारको संयुक्त पहलमा ४० हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । तीन वर्षअघि लगाएको बिरुवाले अब एक वर्षभित्र फल दिने अध्यक्ष शाहीले जानकारी दिए । यो आर्थिक वर्षमा स्थानीयवासीले आफ्नै नर्सरीमा उत्पादन गरेका पाँच हजार स्याउका बिरुवा कृषकलाई वितरण गरिएको छ ।