खेलकुद

नवौं धारा नेपालगन्ज म्याराथनको पुरस्कार राशि वृद्धि गरिने

काठमाडौं । मंसिरमा हुने नवौं धारा नेपालगन्ज म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर ९ गते आयोजना हुने म्याराथनको नगद पुरस्कार राशीमा वृद्धि गर्न लागिएको आयोजक क्रियटिभ ह्याण्ड्सले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाकारी दिएको हो । साथै केही सरप्राइज प्याकेज पनि रहने म्याराथनमा नगद पुरस्कारसम्बन्धि विस्तृत जानकारी चाँडै जानकारी गराइने बताइएको छ । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति

भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

काठमाडौं । १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको खेलमा सेमिफाइनल प्रवेशका लागि नेपालले २०३ रनको लक्ष्य पाएको छ । टस जितेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०२ रन बनाएर नेपाललाई उक्त लक्ष्य प्रस्तुत गरेको हो । भारतका लागि यशस्वी जैसवालले १०० रन बनाए भने कप्तान रुदरात गाइकवाडले २५ रन बनाए । त्यस्तै तिलक बर्मा र जितेश शर्माले क्रमशः २ र ५ रन बनाउँदा शिवम् दुवेले

मंगोलियामाथि नेपालको फराकिलो जित

काठमाडौं । चीनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध नेपालको सानदार जीत हात पारेको छ । मंगोलियासँग आज (बुधबार) भएको खेलमा नेपालले २ सय ७३ रनको विशाल अन्तरले जीत हात पारेको हो। युवा ब्याटर कुशल मल्लको शतक, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धसतक प्रेरित नेपालले मंगोलियालाई तीन सय १५ रनको लक्ष्य दिएको थियो। पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै तीन सय १४

हिजो रोकिएको भारत-पाकिस्तानबीचको खेल आज हुँदै

काठमाडौं । एसिया कप सुपर फोरअन्तर्गत भारत र पाकिस्तानबीचको आज पनि हुने भएको छ । आइतबार वर्षाका कारण रिजर्भ डे मा गएको खेल आज स्थानीय समय अनुसार साढे २ बजे सुरु हुनेछ । आज हिजो रोकिएकै स्थितिबाट खेलले निरन्तरता पाउने भएको हो । श्रीलंकाको कोलम्बोमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा उत्रिएको भारतलाई कप्तान रोहित शर्मा र शुभ्मन गिलले उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुईले पहिलो विकेटका १६

नेयमार साउदी क्लब अल-हिललासँग बार्षिक १५ करोड युरोमा अनुबन्ध

रियाद । ब्राजिलियन स्टार फुटबलर नेयमार फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन छाडेर साउदी प्रो–लिग क्लब अल–हिलालसँग अनुबन्ध भएका छन् । ३१ वर्षीय खेलाडीका लागि साउदी क्लबले ९ करोड युरो (एडअनहरु थप) खर्च गरेको बताइएको छ ।  अल हिलालले नेयमारका लागि ९० मिलियन युरो तिरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । उनी २०२५ को जुन ३० सम्म अल हिलालमा रहने भएका छन् । नेयमारले फ्रेन्च क्लब पिएसजी छोड्ने निश्चित भएपछि अल

इटालीले अर्जेन्टिनालाई १–० ले हरायो

अकल्यान्ड – अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकप २०२३ मा इटालीले अर्जेन्टिनालाई पराजित गरेको छ । इटालीले अर्जेन्टिनालाई १–० ले पराजित गरेको हो । इटालीको जितमा खेलको अन्तिम समयमा क्रिष्टिएना जिरेलीले गरेको गोल नै निर्णायक बन्यो । उनले बराबरीतर्फ धकेलिएको खेलको ८७औं मिनेटमा गोल गर्न सफल भएका थिइन् ।  न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर खेर फाल्यो । तर, खेलको अन्तिम समयमा

गौरिका र नासिरको नयाँ कीर्तिमान

काठमाण्डौं : दक्षिण एशियाली खेलकुदकी ४ स्वर्ण पदकधारी गौरिका सिंह र नासिर याह्या हुसेनले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । जापानको फुकुओकामा भइरहेको २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नासिरले आफ्नो नाममा अर्को नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएको हो ।  २०० मिटर फ्रि स्टायलमा नासिरले १ मिनेट ५७.२६ सेकेन्ड समयका साथ आफ्नो नाममा थप नयाँ राष्ट्रिय किर्तिमान बनाउन सफल भएका हुन् ।  यसअघि नासिरको नाममा १ मिनेट ५८.२३

मानबहादुर राष्ट्रिय टोलीको नयाँ कप्तान

काठमाडौं । नेपाल पुरुष राष्ट्रिय भलिबल टिमको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो । संघले आर्मीका सेटर हरि हजुर थापालाई राष्ट्रिय टिमको नेतृत्व गर्न नसकेको भन्दै कप्तानबाट बर्खास्त गरेपछि कप्तान पद खाली थियो । गत महिना मात्र कीर्गिस्तानमा भएको काभा नेसन्स लिगका लागि खुल्ला छनोटमा नियमित कप्तान इम राना

आज नेपाल र नेदरल्याण्ड भिड्दै

काठमाडौं। नेपाली क्रिकेट टिमले आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा हुने सो खेल नेपाली समय अनुसार दिउँसो १२:४५ बजेबाट सुरु हुनेछ । दुईवटा खेलमा पराजित तथा एक खेलमा बिजयी नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य नेदरल्यान्ड्सलाई हराएर मात्र पुरा हुने भए पछि नेपाललाई थप दबाब परेको छ । नेदरल्याण्डलाई हराउन

ब्राजिल र स्पेनले रंगभेदविरुद्ध खेल्ने

एजेन्सी – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले आफ्नो टोलीका सदस्य भिनिसियस जुनियरको समर्थनमा रंगभेदविरुद्धको एक भागको रूपमा अर्को वर्षको मार्चमा स्पेनसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । खेल ब्राजिली विंगर भिनिसियसको क्लब रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ । भिनिसियस विगतको अभियानमा रियलबाट खेल्दा स्पेनमा धेरै पटक जातीय दुव्र्यवहारको निशाना बनेका थिए ।  ‘फुटबलमा जातीय अपमानको लागि कुनै ठाउँ छैन ।’ स्पेनी फुटबल संघका अध्यक्ष लुइस रुवियालेसले भने ।