धर्म/संस्कृति

सूर्यको पूजा आराधना गरी छठ मनाइँदै

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । छठका लागि तराईका नदी, खोला, पोखरी  सिँगारिएका छन्।छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । राजधानीका गौरीघाट, कमलपोखरी,

छठ पूजाका लागि सिङ्गारियो जनकपुरको छठ घाट

जनकपुर । हिन्दूहरुले मनाइने पर्वहरुमध्ये छठ प्रमुख पर्व हो । मधेशका गाउँ-गाउँमा छठको रौनक छाएको छ ‌। जनकपुरधाम र वीरगञ्जमा छठ घाट दुलहीझैं सिंगारिएको छ । वीरगञ्जको घडियर्वा पोखरीमा छठ घाट सिंगार्न १५ लाख बढी खर्चिएको छ । जनकपुरधामको छठ घाटहरु पनि लाखौं खर्चिएर आकर्षक बनाइएको छ । जनकपुरधामको गंगासागर, रत्न सागर, गोरधोइ, अरगजासर, नोचा पोखरी, दुधमती जलाशयहरुमा धुमधामसंग छठ मनाइन्छ । रंगिचंगी विद्युतीय बत्तीहरु छठ घाटमा लगाएपछि जनकपुरधामको सौन्दर्य

आज भाइटीका,१०:५१ बजे शुभ साइत

काठमाडौं । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन बुधबार भाइटीका पर्व मनाइँदैछ। यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। आजको दिनलाई यमद्वितीया पनि

यमपञ्चकको चौथो दिन आज गोवर्द्धन पूजा

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।   कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट

आज तिहारको तेस्रो दिन गाईको पूजा गरी मनाइदै

काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट

आज लक्ष्मीपूजा र कुकुरतिहार मनाइदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ

सुरु भयो यमपञ्चक, आज कागको पूजा गरिँदै

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चकअर्थात् तिहार आजदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने हुन्छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने समितिले जनाएको छ । समितिका अध्यक्ष श्री कृष्ण अधिकारीले कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन

आज बडा दशैंको अन्तिम दिन

काठमाडौं । नेपालीहरुको महानपर्व बडा दशैं आजबाट समापन हुँदैछ । गत असोज २८ गते घटस्थापना गरेर सुरु भएको बडा दशैं कोजाग्रत पुर्णिमासँगै समापन हुन लागेको हो । नेपालीहरुले भव्यरुपमा मनाउने बडादशैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रातमा जाग्राम बसेपछि आजदेखी समापन हुनेछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरिनेछ, जसका लागि रातभर जाग्राम बस्ने प्रचलन रहदैँ आएको छ

दशैको तेस्रो दिन आज पनि टीका–जमरा लगाएर आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौँ । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ ।  नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ।  पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने

आज महानवमी, नवदुर्गाको विशेष पूजा गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र