राजनीति

केपी ओली प्रधानमन्त्रीमा नियुक्त,शपथ सोमबार

काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । प्रतिनिधिसभाको दुईवटा प्रमुख दल कांग्रेस र एमालेका सांसदको समर्थनमा संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस–एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।  नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण भोलि हुने भएको छ।

कांग्रेस-एमाले गठबन्धनमा रास्वपा सहभागी नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले कांग्रेस-एमालेबीच बन्ने नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक सन्तोष परियारले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको बताउँदै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने भएकाले एमाले–कांग्रेसबीचको गठबन्धमा सहभागी नहुने बताए । ‘नयाँ गठबन्धन यो घटना देश र जनताको हितमा छैन । यसले

नेपाली जनसम्पर्क समिति कतारको १७ औ स्थापना दिवस सम्पन्न 

दर्शन सुनार/कतार । नेपाली जनसम्पर्क समिति कतारले १७ औ स्थापना दिवस तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।  नेपाली जनसम्पर्क समिति कतारका सभापति अजिज अलिको सभापतित्व तथा नेपाली काङ्ग्रेसका महामन्त्री एवं माननिय गगन कुमार थापाको प्रमुख आतिथ्यतामा शुक्रबार दोहाको प्लाजा ईन होटेलको सभाहलमा भब्यताका साथ सम्पन्न भएको हो । सभाका प्रमुख अतिथि तथा काङ्ग्रेसका महामन्त्री थापाले सभालाई सम्बोधन गर्दै देश बिकाशमा राज्यलाई प्रतिफल नदिने कुनै पनी पुर्वाधारका काम र

प्रतिनिधिसभाको बैठक दुई दिन स्थगित

काठमाडौँ । आज र भोलि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । सभामुख निवास बालुवाटारमा आइतबार (आज) बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुईदिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब २७ गतेदेखि नियमित छलफल हुनेछ । विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको बताइएको छ

मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज अपरान्ह भारतको औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री मोदीको नयाँदिल्लीमा आज हुने शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्रीका साथ उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहने छन् । प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ । लोकसभा

आज १७ औँ गणतन्त्र दिवस

काठमाडौं । नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा मंगलबार १७ औँ गणतन्त्र दिवस, देशभर मनाइँदैछ । नेपाली जनताको आन्दोलन र परिवर्तनको आकाङ्क्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुँदैछ । तीनै तहका सरकारले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदैछन् । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ । यस वर्ष जेठ १४, १५ र १६

कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक विश्वासको मत पाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतको नाराबाजीका बाबजुद प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका हुन् । यस पटक जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् । जसपा नेपाल वैशाख ३१ गते सरकारबाट बाहिरिएको थियो । र, समर्थनसमेत फिर्ता लिएको थियो । मतदान प्रक्रियामा कुल १५८ सांसद सहभागी भएकोमा पक्षमा

सहकारी प्रकरणमा छानबिन समिति बन्ने

काठमाडौं । सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरु सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन सहमत भएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबिचको बैठकमा सो सहमति भएको हो ।  बैठकमा संसदीय समितिको कार्यादेश (टीओआर)बारे सहमति हुन भने बाँकी छ । संसदीय समितिको कार्यादेश (टीओआर)बारे पनि भोलिसम्म कुरा मिल्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।  लेखकका अनुसार संसदीय समितिको टिओआर बनाउने विषयलाई कानुनमन्त्री पदम गिरीसहित

संसद्‌मा गृहमन्त्रीलाई बोल्न दिनुपर्छ : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने बताएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा नेपाली कांग्रेसको आह्वानमा बसेको विपक्षी दलहरूको बैठकमा राप्रपाले संसदीय छानबिन समिति बन्नुपर्ने र गृहमन्त्रीले आफ्ना कुरा राख्न पाउनु पर्ने बताएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले पार्टीका तर्फबाट गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्ने माग राखेको बताए । यदी गृहमन्त्रीको भनाई सुनिसकेपछि चित्त नबुझ्दा त्यसको

फुटेको जसपाबाट प्रदीप, हसिना र रञ्जु मन्त्री बन्दै

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट तीन जना मन्त्री बन्ने भएका छन् ।  जनता समाजवादी पार्टीले प्रधानमन्त्री प्रचण्डसमक्ष नयाँ मन्त्रीमा ३ जनाको नाम सिफारिस गरेको छ । जसपाका महासचिव मोहम्मद इस्तियाक राईका अनुसार प्रदीप यादव, हसिना खान र रञ्जु झाको नाम बालुवाटारमा बुझाइएको हो । यादवलाई स्वास्थ्यमन्त्री, हसिनालाई स्वास्थ्य राज्यमन्त्री नियुक्तिको तयारी भएको स्रोतले बतायो । त्यस्तै रञ्जु झाको नाम पनि पठाइएको छ । रञ्जु झाको हकमा