राजनीति

राष्ट्रपति कांग्रेसले लिएरै छाड्छ : शेखर कोइराला

सिन्धुली । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति काँग्रेसकै उम्मेदवारले जित्ने दाबी गरेका छन् । नेपाली कांग्रेस सिन्धुली क्षेत्र नम्बर ’ख’ को प्रदेश १ ले आयोजना गरेको सहिदको सम्मान तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले राष्ट्रपति पाउनु पर्छ भन्नेमा आफू विश्वस्त नभएको बताउँदै काँग्रेसले राष्ट्रपति लिएरै छाड्ने बताए । उनले भने, ‘राष्ट्रपति पाउने होइन लिने हो, लिएर जितेर देखाउने हो । राष्ट्रपति कांग्रेसको उम्मेदवार हुन्छ र

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मतभार २०६८ को जनगणनाको आधारमा

काठमान्डौं ।प्रमुख निर्वाचन आयुुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०६८ सालको जनगणनाको आधारमा गरिने बताएका छन् । सोमवार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपश्चात सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले २०६८ सालको जनगणनाको आधारमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतभार कायम गरिने बताए । उनले ०६८ सालको जनगणनाको आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानूनको अनुसूची १ मा उल्लेख भए

चितवन २ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आह्वान

चितवन । निर्वाचन आयोगले वैशाख १० मा चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।। आयोगले सूचना जारी गर्दै फागुन १० गतेदेखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ । नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २०७९ फागुन १ देखि

केन्द्रीय सदस्य दुर्गा प्रसाइँलाई कारबाही गर्ने एमालेको तयारी

झापा । नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाइँलाई कारबाही गर्ने तयारी गरेको छ । एमाले प्रदेश १ कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको हो । शनिबार बसेको प्रदेश कमिटीको बैठकले प्रसाईँले पार्टीको हितविपरित गतिविधि गरेको भन्दै कारबाहीको सिफारिस गरेको हो । प्रदेश १ कमिटी संयोजक तुलसी न्यौपानेका अनुसार प्रसाईंका पछिल्ला गतिविधि पार्टी हितविपरित रहेकाले उनलाई कारबाहीको सिफारिस गरिएको हो । दुर्गा प्रसाईंले केही दिनअघि पूर्वराजा

तत्काल गृहमन्त्री नियुक्त गर्न सांसद शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले तत्काल गृहमन्त्री नियुक्त गरेर देशमा भइरहेको अराजकता स्थितिलाई नियन्त्रणमा लिन माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले गत सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको घटनासहितले देशमा सरकार नभएको आभास गराएको बताए । देशको शान्ति सुरक्षाको जिम्मेवारी वहन  गर्न गृहमन्त्रालयमै मन्त्री नियुक्त नहुँदा देशमा अराजतक, लुटपाट भएको भन्दै उनले तत्काल गृहमन्त्री नियुक्त गर्न माग गरे । सबै मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्ने

सरकार र यातायात मजदुरबीच वार्ता हुँदै

काठमाडौं । आन्दोलनरत यातायात मजदुर र सरकारबीच आज वार्ता हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात मजदुरलाई वार्ताका लागि बिहान ८ बजे मन्त्रालय बोलाएका हुन् । ट्राफिक जरिवानालगायत विषयलाई लिएर यातायात मजदुरले सोमबार काठमाडौंको गोंगबु बसपार्क, माछापोखरी क्षेत्रमा प्रहरीको गाडी तोडफोड र आगजनी गरेका थिए । सडक अवरुद्ध गरेका थिए । उनीहरूले प्रहरीका दुई भ्यानमा समेत आगजनी गरेका थिए । माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी

गृहमन्त्री नपाए रास्वपा सरकारमा नजाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको संसदीय दल र केन्द्रीय समितिको बैठकले सरकारमा जाने नजाने बारे छलफल नगरेको बताइएको छ । बैठक पछि सञ्चारकर्मीहरुसँग रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टी सरकारमा जाने नजाने विषयमा छलफल नभएको बताए । उनले सहमति बन्नसकेमा भने सरकारमा जान सकिने बताएका छन् । ग‍ृह मन्त्रालय आफ्नो भागमा परेकोले पार्टी सरकारमा सहभागि बने उक्त मन्त्रालय

१० दिनभित्रमा एमाले गठबन्धन भत्केर कांग्रेसको नेतृत्वमा बन्छ: गगनको थापा

रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन फागुन १० भित्रै टुट्ने दाबी गरेका छन् । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–१ ले आज (सोमबार) रुपन्देहीको कोटिहवामा गरेको कार्यकर्ता भेलामा महामन्त्री थापाले फागुन १० गतेसम्म एमाले नेतृत्वको गठबन्धन परिवर्तन भइसक्ने बताए । उनले भेन, ‘पुस १० मा बनेको गठबन्धनबारे फागुन १०मा नयाँ समाचार सुन्न पाउनुहुनेछ ।’ उनले कांग्रेस नेतृत्वको गठबन्धन बन्ने र कांग्रेसको राष्ट्रपति बन्ने उनले बताए । उनले भने,

नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठक सकियो

काठमाडौं । नेपाल–भारत सचिवस्तरीय बैठक सम्पन्न भएको छ। परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय विदेशसचिव विनयमोहन क्वात्राबीच काठमाडौंस्थित होटल याक एण्ड एतीमा द्विपक्षीय वार्ता भएको हो । बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएको बताइएको छ । भारतीय विदेश सचिव क्वात्रा पराराष्ट्र सचिव पौड्यालको औपचारिक निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आज बिहान काठमाडौं आइपुगेका थिए ।

राष्ट्रपतिको सवारीले सर्वसाधारणलाई सास्ती

काठमाडौं । काठमाडौं उपत्यकामा राष्ट्रपतिको सवारीका कारण आज अत्यधिक सवारी जाम भएको छ । राष्ट्रपतिले दुवै संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाले जताततै सवारी जाम भएको हो । राष्ट्रपति भण्डारीको सवारीका लागि राष्ट्रपति कार्यालयदेखि संसद् भवनको बाटो बन्द गरिएपछि सडक अस्तव्यस्त बनेको छ । काठमाडौँसहित ललितपुर र भक्तपुरसम्म सवारीको लामो लाइन देखिएको छ राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो तीन बजे बजेपछि संसद् भवन पुगेका थिए । अहिले उनी फर्किसकेका छन्