राजनीति

प्रचण्डसँग गृहमन्त्रीको भेट

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गृहमन्त्री बालकृष्ण खाणले आज भेटवार्ता गरेका छन् । ललितपुरको खुमलटारस्थित दाहाल निवासमा भएको भेटमा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल भएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए । भेटमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको र दुवै नेता गठबन्धनलाई निरन्तरता दिन सकारात्मक रहेको बताइएको छ । निर्वाचनमा गठबन्धन गरेका दलहरूले पाँच वर्षसम्मै गठबन्धनकै माध्यमबाट मुलुककको विकास गर्न एकजुट भएर लाग्नुपर्नेमा

प्रतिनिधिसभा पुगे १२ दल

काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचन २०७९ को केन्द्र र प्रदेश दुबैतर्फका निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ । सोमबार बिहान दोलखाको मतगणना सकिएसँगै आम निर्वाचनअन्तर्गत प्रदेश र प्रतिनिधिसभा दुबैतर्फको नतिजा सार्वजनिक भएको हो । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेर नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले ५७ सिट जितेर पहिलो दल बन्दा दोस्रो स्थानमा नेकपा एमाले ४४ सिट जित्न सफल भएको छ

प्रदेशसभामा ११० सिट जितेर कांग्रेस पहिलो, एमाले दोस्रो

काठमाडौं । आम निर्वाचन २०७९ अन्तर्गत प्रतिनिधि र प्रदेशसभा दुबैतर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार सोमबार बिहान दोलखाको अन्तिम मतगणना सकिएसँगै मंसिर ४ गते भएको निर्वाचनको ३३० क्षेत्रकै मतपरिणाम आएको हो । ७ वटै प्रदेशका ३३० वटा प्रदेशसभाका क्षेत्रमध्ये ११० निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस जितेर पहिलो दल बनेको छ । दोस्रोमा नेकपा एमालेले ९० वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेर दोस्रो बन्न सफल भएको छ । नेकपा माओवादी

एमालेलाई हराउँदै दोलखामा माओवादीका कार्की विजयी

काठमाडौं । दोलखा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् ।माओवादीका उम्मेदवार कार्की ३६ हजार ७९५ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४८१ मत प्राप्त गरे । शिवाकोटीभन्दा कार्की ५१८ मतले मराजित भएका हुन् ।

सत्ता गठबन्धनको बैठक आज दिउसो बस्दै

काठमाण्डौं । निर्वाचनको समीक्षा र नयाँ सरकार गठबन्धनका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाबारे छलफल हुने छ । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ । यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) ले १० स्थानमा त निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार,

सत्ता गठबन्धनको पहिलो बैठक सोमबार दिउँसो बस्दै

काठमाडौं । निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक सोमबार दिउँसो ३ बजेका लागि आह्वान गरेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले जानकारी दिए । माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गुरुङले गठबन्धनको बैठक तय भएको जानकारी दिए । गठबन्धनको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्वपूर्ण पदहरुमा भागबण्डा लगायतका विषयमा छलफल सुरु हुने बताइएको छ ।

स्याङ्जा २ मा नेपाली कांग्रेसको क्लीन स्वीप

काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र-२ मा नेपाली कांग्रेसले क्लीन स्वीप गरेको छ । प्रतिनिधि र प्रदेशसभा दुवैमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । प्रतिनिधिसभातर्फ धनराज गुरुङ निर्वाचित भएका छन् भने प्रदेशसभा (क) बाट कांग्रेसकै भोजराज अर्याल विजयी भएका छन् । यस्तै, २ (ख) मा पनि कांग्रेसकै महेश भट्टराई विजयी भएका छन् । प्रतिनिधिसभामा गुरुङले निकटतम प्रतिस्पर्धी एमालेकी पद्मा अर्याललाई पराजित गरेका हन् । गुरुङले ३१ हजार ४६६ मत ल्याएर विजय

बाजुरामा बद्री पाण्डेको अग्रता कायमै

बाजुरा । एकमात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा प्रतिनिधिसभा र प्रदेशसभाको मत गणना जारी छ । मत विवादका कारण निर्वाचनको ११ औं दिनमा सुरु गरिएको मतगणना अनुसार बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिइरहेका छन् । निर्वाचन आयोगले दिएको पछिल्लो मतपरिणानअनुसार २० हजार ६३६ मत गणना हुँदासम्म कांग्रेसका पाण्डेले ११ हजार ७६ मत पाएका छन् । यस्तै उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ८ हजार ८५२ मत प्राप्त

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्णबहादुर खड्काबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न खड्का बिहीबार दिउँसो प्रचण्ड निवास खुमलटार पुगेका थिए । भेटमा निर्वाचनमा विजयी भएकोमा दुवैले बधाई साटासाट गरेका थिए । निर्वाचन सकेर खड्का बुधबार मात्र सुर्खेतबाट काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै उनी सिधै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । खड्काले कर्णाली प्रदेशमा लोकतान्त्रिक वाम

सत्ता गठबन्धनमा जनमत पार्टी पनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा जनमत पार्टी पनि सामेल हुने भएको छ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । भेटमा प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुन र लोकतान्त्रिक शक्तिहरुको सरकार बनाउन आग्रह गरेका थिए । छलफलको क्रममा जनमत पार्टीका अध्यक्ष राउतले आफू सत्ता गठबन्धनमा सामेल हुन सकारात्मक रहेको बताएका छन् । कांग्रेस