रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ । चितवन-२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै राजकुमार पाण्डेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगले जानेको छ । कानूनी व्यवस्था अनुसार चितवन-२ को निर्वाचन अधिकृतको कार्यालयमा उक्त उजुरीबारे जानकारी गराएको आयोगले जनाएको छ । निर्वाचन अधिकृतले सम्बन्धित