गठबन्ध दलहरुले एउटै चिन्हबाट निर्वाचन लड्न पाउने
काठमाडौं । निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचनमा गठबन्ध दलहरुले एउटै निर्वाचन चिन्ह पाउने व्यवस्था गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४९ बमोजिम उक्त व्यवस्था गरेको हो । आयोगले दल दर्ताको सार्वजनिक सूचना निकाल्दा गठबन्धन गरेर एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्नसक्ने सुविधा दिएको जानकारी दिएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरु एकल निर्वाचन