राजनीति

कांग्रेसको १४ औं महाधिवेशन सर्यो, भदौ ७ देखि १० गतेसम्म गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन केही दिन पर सारिएको छ । वडा अधिवेशन साउन ६ बाट सुरु गर्ने तयारी रहेको छ ।शनिबार देउवा निवासमा बसेको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले महाधिवेशन जसरी पनि ताेकिएकै समयमा गर्ने बताएका थिए । तर पूर्वनिर्धारित मिति असार ७ बाट वडा तहको अधिवेशन सुरु गर्न सक्ने अवस्था नभएको भन्दै महामन्त्रीले कार्यतालिका संशोधन गर्न प्रस्ताव पेश गरेका थिए।बैठकमा भदौ १६ गतेदेखि १९ गतेसम्म

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, जिम्मेवारी बाँडफाँड गर्न बाँकी

कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट पद तथा गाेपनियताको सपथ लिएका छन् । पोखरेल नेतृत्वको मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट कुमार खड्का, नेकपा माओवादी केन्द्रबाट मधु अधिकारी, जनता समाजवादी पार्टी (जसपा)बाट हरीशरण आचार्य र स्वतन्त्र सांसद राजिव गुरुङ मन्त्री नियुक्त भएका छन् । पोखरेलले मन्त्रिपरिषद विस्तार गरे पनि जिम्मेवारी भने तोकेका छैनन् । सबै मन्त्रीले विना

स्वतन्त्र सांसद दीपक मनाङे पुन मन्त्री बन्ने पक्का

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । उनले आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाउन लागेका छन् । स्रोतका अनुसार जनता समाजवादी पार्टी (जसपा)बाट संसदीय दलका नेता हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने पक्का छ । मनाङेले समर्थन गरेकै कारण नयाँ सरकार गठन सम्भव भएकाले उनलाई सुरुमै मन्त्री बनाउन लागिएको एक नेताले बताए । उनलाई युवा

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी गरेका थिए ।

जसपाका ठाकुर-महतो समूहले नयाँ दल दर्ताको तयारी गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ । जसपामा अल्पमतमा रहेका ठाकुर र महतो समूह निर्वाचन आयोगमा केन्द्रीय कार्यकारिणी समिति बहुमत सदस्यको हस्ताक्षर बुझाउन नसकेपछि नयाँ दल दर्ता तयारीमा जुटेको हो । जसपा कार्यकारिणी समिति ५१ सदस्यीय छ । जसमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट २६ र संघीय समाजवादीबाट २५ जना थिए । तर, तत्कालीन राजपाका

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस नेता कृष्णचन्द्र नेपालीको दाबी पेश

काठमाडौं । गण्डकी प्रदेशका विपक्षी सांसदहरूले नयाँ सरकार दाबी गरेका छन् । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्री बनाउन ३१ जना सांसदले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष दाबी पेस गरेका हुन् । आजै प्रदेश प्रमुखले २४ घन्टाको समय दिएर नयाँ सरकार गठन आह्वान गरेकी थिइन् । कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपा र जनमोर्चाका २/२ र स्वन्तन्त्र एक गरी ३१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा नेता नेपालीले प्रदेश प्रमुख

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको शनिबार बैठक बोलाएका छन् । आफ्नो निवास बूढानीलकण्ठमा शनिबार २ बजे बैठक बोलाएका हुन् । पार्टीको १४औँ महाधिवेशनको सन्दर्भमा छलफल बैठक बोलाएएको सभापति देउवाको स्वकीय सचिव भानु देउवाले जनाएका छन् । बैठकमा कोरोना महामारी र राष्ट्रिय राजनीतिबाट उत्पन्न प्रतिकूलताबीच महाधिवेशन गर्ने विकल्पको खोजी हुने बताइएको छ । कांग्रेसको महाधिवेशन आगामी भदौभित्र गर्नु संविधानतः बाध्यतामा रहेको छ । काँग्रेसले भदौ

मुख्यमन्त्री गुरुङ्गले पाएनन विश्वासको मत, गुम्यो मुख्यमन्त्री पद

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद गएको छ । बिहीबार प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै गुरुङको मुख्यमन्त्री पद स्वतः गएको हो । प्रदेशसभामा गुरुङले विश्वासको मत लिन गरेको प्रस्ताव पारित हुन सकेन । प्रस्तावको पक्षमा २७ जना र विपक्षमा ३० जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् । ६० सदस्यीय प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावउपरको मतविभाजनमा ५८ जना उपस्थित थिए । प्रदेश सरकारका युवामन्त्री राजीव गुरुङ (दीपक मनाङे) भने अनुपस्थित रहे

प्रधानमन्त्री ओलीद्वारा २५ सदस्यीय मन्त्रिपरिषद विस्तार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति र हेरफेर गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यससँगै ओली नेतृत्वको मन्त्रिपरिषद् राज्यमन्त्रीसहित २५ सदस्यीय बनेको छ । प्रधानमन्त्री ओलीको २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्री रहेका छन् । जसमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, राजेन्द्र महतो सहरी विकास, रघुवीर महासेठ परराष्ट्र मन्त्री रहेका

सात मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पायो पूर्णता

फाइल फोटो काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सात मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । नयाँ नियुक्त मन्त्रीहरुको सपथग्रहण आजै अपरान्ह ४ बजे हुने भएको छ । प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय भने आफैँले राखेका छन् । आज विस्तार गरेको मन्त्रिपरिषदमा गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापालाई नियुक्त गरेका छन् । त्यस्तै, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य