राजनीति

विपक्षी पाँच दलका नेताहरु हस्ताक्षर सहित सोमबार मात्रै सर्वोच्च जाने

काठमाडौं । प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी पाँच दलका नेताहरु सोमबार सर्वोच्च अदालत जाने भएका छन् । आइतबार नै सर्वोच्च जान तयारी भए पनि सबै कागजात नमिलिसकेकाले सोमबार मात्रै जाने निर्णय भएको नेताहरुले बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ बानेश्वरमा सञ्‍चारकर्मीमाझ भने, ‘रिट साँझसम्म तयार हुन्छ । नागरिकतालगायत तयार गर्ने काम भएको छ । सशरीर उपस्थित भएर हामी अदालत जान्छौं ।

अर्को पार्टी खोल्ने निर्णयमा नेता नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि नेकपा (एमाले) भित्रको विवाद फेरि चर्किएको छ । माधव नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ । यी घटनाक्रमसँगै पार्टी पुन: लगभग विभाजनको अवस्थामा पुगेको छ । वरिष्ठ नेता नेपालले अर्को पार्टी खोल्ने निर्णयमा पुगेको बताएका छन् । शनिबार बरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले धकेलेर त्यतै पुर्‍याएका कारण अर्को

नेता नेपाल सहित ११ जनालाई स्पष्टिकरण सोध्ने स्थायी कमिटीको निर्णय

काठमाडौं । नेकपा एमालेको आकस्मिक स्थायी समिति बैठकले माधवकुमार नेपालसहितका ११ जना नेताहरुलाई ११ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । उनीहरुले विपक्षीहरुसँग मिलेर सरकार बनाउने प्रयास गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । कारवाहीस्वरुप स्पष्टीकरण सोधिएकाहरुमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्का रहेका छन् । आज बसेको

राष्ट्रिय जनमोर्चाद्वारा पार्टी बिपरित कार्य गर्ने सांसद थापालाई कारबाही

काठमाडौं । राष्ट्रिय जनमोर्चाका बागलुङ क्षेत्र नम्बर २ प्रदेश (ख) बाट निर्वाचित प्रदेश सांसद कृष्ण थापालाई पार्टीबाट निस्कासित भएका छन् । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यसमेत रहेका सांसद थापाले पार्टीको निर्णय विपरित गण्डकी प्रदेश सभामा भूमिका खेलेको भन्दै कारवाही गरिएको हो । जनमोर्चाका गण्डकी प्रदेशसभाका संसदीय दलका नेतासमेत रहेका थापाले पार्टी निर्णय विपरित कार्य गरेको भन्दै पार्टी केन्द्रीय समितिले निस्कासित गरेको हो । उनलाई एक वर्षका लागि पार्टी सदस्यता समेत नरहने

कोरोना निको हुनेको संख्या बढ्दै, एकैदिन ८ हजार ८४८ जना संक्रमणमुक्त

काठमाडौं । केहीदिन यता कोरोना संक्रमितको निको हुने दर बढेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ८४८ संक्रमित निको भएका छन् । एकैदिन संक्रमणमुक्त भएका संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । अहिलेसम्म नेपालमा ५ लाख १० हजार ८६ जनालाई संक्रमण पुष्टि भएको छ भने ६१ सय ५३ जनाको मृत्यु भएको छ ।

विपक्षी गठबन्धनको बैठक नयाँ बानेश्वरमा सुरु

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै रुष्ट बनेका विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको सहभागिता रहेको छ । की छन् । बैठकले प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिबाट चालिएको कदमको विषयमा आगामी रणनीति बनाइने नेताहरुले बताएका छन् ।

प्रतिगमन भाग - २ को डटेर प्रतिवाद गरौ : नेता नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन् । शनिबार बिहान फेसबुकमार्फत प्रतिगमन दोहोरिएको टिप्पणी पनि गरेका छन् । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल भएको उनको दाबी छ । नेता नेपालले संसद् विटन गरे चुनावको घोषण गर्नु प्रतिगमन भाग – २ भएको पनि बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदमको भत्सना

कांग्रेस पदाधिकारीको आकस्मिक बैठक बुढानिलकण्ठमा बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक आकस्मिक बस्दै छ । बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको छ । बैठक बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि कांग्रेस नेताहरुले छलफल गर्न लागेका हुन् । देउवा पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बस्ने बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको कदमबारे छलफल हुने र आवश्यक रणनीति बनाउने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पार्टी

प्रधानमन्त्री ओली बाहिरिए शीतलनिवासबाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यलय शीतलनिवासबाट बाहिरिएका छन् । उनी राष्ट्रपतिलाई भेट्न शुक्रबार अपराह्न शीतल निवास पुगेका थिए । स्रोतका अनुसार उनले झन्डै आधा घन्टा शितल निवासमा बिताएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेट चलिरहँदा १४९ जनाको हस्ताक्षर बोकेर शीलत निवास पुगेका विपक्षी गठबन्धनका नेताहरुले भने प्रतीक्षा गर्नुपरेको थियो । निकट स्रोतका अनुसार ओलीले पनि प्रधानमन्त्रीमा दावी गरेका छन् । उनले एमालेका १२१ र

शीतलनिवासमा राष्ट्रपतिलाई कुर्दै विपक्षी गठबन्धनका नेताहरु

काठमाडौं । एक सय ४९ जना सांसदको हस्ताक्षर बोकेर सरकारको दाबी गर्न शीतलनिवास पुगेका विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपतिलाई भेट्ने समय कुरेर बसिरहेका छन् । राष्ट्रपति कार्यालयमा पुगिसके पनि राष्ट्रपतिसँग भेट हुन बाँकी रहेको र प्रतिक्षा गरिरहेको एक नेताले जानकारी दिए । विपक्षी काँग्रेस, माओवादी, जसपा र माधव नेपाल समूहका १४९ सांसदहरुको हस्ताक्षर सहित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न नेताहरु शीतलनिवास पुगेका हुन् । संविधानको धारा ७६(५) अनुसारको सरकार गठनमा दलगत