राजनीति

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसंगै ओली सरकार अल्पमतमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै ओली सरकार अल्पमतमा परेको हो । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले माओवादी केन्द्रसहितको समर्थनमा ४ फागुन २०७४ मा प्रधानमन्त्रीको शपथ लिएका थिए । तत्कालीन एमाले र माओवादी केन्द्रले १७ असोज २०७४ मा चुनावी तालमेल गरेका थिए । साझा घोषणापत्रसहित आमनिर्वाचनमा होमिएपछि एमालेले प्रतिनिधिसभामा

नेपाल-खनाल समुहद्धारा सामुहिक राजिनामा दिने तयारी

काठमाडौं । केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिएलगत्तै आफूहरूलाई कारबाही गर्ने सूचना पाएपछि एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले त्यसअघि नै पदबाट राजीनामा दिने तयारी गरेका छन्। खनाल–नेपाल पक्षमा रहेका ३५ सांसदमध्ये २२ जना प्रत्यक्ष निर्वाचित छन् । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले यसअघि नै किन कारबाही नगर्ने भनेर ३० जनालाई स्पष्टीकरण सोधिसकेका छन् । समानुपातिक सांसदले भने तत्काल राजीनामा नदिने गरी संवाद

नेकपा एमालेको बैठक बस्दै, स्पष्टीकरणको बिषयमा छलफल हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विहान ११ बजे बस्ने बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल सहित ३२ जनालाई सोधिएको स्पष्टीकरणबारे छलफल हुने भएको छ ।   पार्टी विभाजनसम्मको संकटमा पुगेको एमालेमा केहीदिन देखि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले एक्लाएक्लै छलफललाई तीव्रता दिएका छन् । उनले लगातार दुईदिन वरिष्ठ नेता नेपालसँग छलफल गरेका थिए । हिजो (बिहीबार) भएको छलफल

एमाले पार्टी कार्यालयको उद्घाटन र शिलान्यास आज हुदै

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय आज नयाँ भवनमा सर्दैछ । धुम्बाराहीस्थित पासाङल्याह्मु प्रतिष्ठानमा बस्दै आएको कार्यालय थापाथलीमा सर्न लागेकोे हो । दिउँसो ११ बजे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने पार्टी केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए । त्यसअघि एमालेको पार्टी कार्यालय मदन नगर बल्खुमा शिलान्यास हुँदैछ । ओलीले बिहान ९ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको रिजालले बताए ।

नयाँ दल गठन गर्ने गृहकार्यमा नेपाल- खनाल समुह

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटनजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर कमिटी गठन गरेको र पार्टी हितविपरीत कार्य गरेको’ भन्दै कारबाही प्रक्रिया अघि बढाएपछि नेपाल समूह छुट्टै दल गठन गृहकार्यमा जुटेको छ । पार्टीलाई विधान, पद्धतिअनुसार सञ्चालन गर्नुपर्ने माग नेपाल समूहको छ भने संस्थापन पक्षले विधि पद्धतिको ‘नक्कली कुरा’ गरेर समानान्तर गतिविधि र पार्टी हितविपरीत कार्य गरिरहेको आरोप ओली समूहले

आन्तरिक बिवाद चर्किएसंगै जसपा दुई धारमा विभाजित

काठमाडौं । अहिलेको त्रिशंकु संसदमा निर्णायक खेलाडीका रुपमा रहेको जनता समाजवादी पार्टीभित्रको कहल चर्किएको छ। ओली सरकारसँग साझेदारी गर्ने कि विपक्षीसँग मिलेर नयाँ सरकार बनाउने विषयमा पार्टीभित्र विवाद चर्किएको छ। आन्तरिक विवादबीच नै  जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँग बालुवाटारको सम्वाद भने बाक्लिँदै गएको छ। मंगलबार पनि जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर कुरा गरेका छन्। भेटमा ओलीले जसपाले राखेका मागहरू सम्बोधन गर्न आफू सकारात्मक रहेको

लुम्बिनी प्रदेशमा मन्त्री बनेका चार सांसद निलम्बन

वुटवल । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने चार सांसदलाई निलम्बन गरेको छ । जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गर्दै मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालसँग २४ घण्टे स्पष्टीकरण माग गर्दै निलम्बन गरेको हो । उनले सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने पनि

प्रधानमन्त्री ओली र विप्लवविच बालुवाटारमा भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । आइतबार बालुवाटारमा भएको भेटमा तीन बुँदे सहमतिको कार्यान्वयन, नेता कार्यकर्ताको रिहाइ र पछिल्लो राजनीतिक परिस्थितिको विषयमा छलफल भएको पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी  दिए । विप्लव समूह र सरकारबीच २० फागुनमा पार्टीमाथिकाे प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।

कर्णाली प्रदेशका तीन मन्त्रीले लिए सपथ

सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कुर्मराज शाही, भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नन्दसिंह बुढालाई शपथ गराएका हुन् ।   शुक्रबार कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन फ्लोर क्रस गरेका एमालेको माधव नेपाल समूहका तीन जना सांसदलाई शनिबार मन्त्रीमा नियुक्त गरिएको थियो । यस्तै

माओवादीले समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना छैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नरहेको बताएका छन्। आइबार साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक सार्वजनिक गर्दै उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठन नहुने स्पष्ट गरे। ‘सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र अलग भएका छन्, माओवादी केन्द्रले दिएको समर्थन फिर्ता नलिएसम्म वर्तमान सरकार