कमिसनको चक्करले ३० करोड गुम्यो
काठमाडौं । कमिसनको चक्करले नेपाल प्रहरीले ३० करोड रुपैयाँ बजेट गुमाएको छ । नेपाल प्रहरी अस्पतालका केही अधिकृतको कारण एमआरआई मेसिन खरिदका लागि आएको पैसा फिर्ता भएको हो । अस्पतालकी प्रमुख एआइजी डा.आशा सिंहले मेडिकल व्यापारीसँग मिलेर एमआरआई खरिदको प्रक्रिया अघि बढाएकी थिइन् । त्यसक्रममा टेण्डर प्रक्रियामै त्रुटी हुँदा टेण्डर रद्द भएको छ । यो आर्थिक वर्षभित्र अर्काे टेण्डर गर्न समय नभएपछि करिब ३० करोड गुमेको हो । अस्पतालका पदाधिकारीले