विशेष समाचार

प्रचण्डले ओलीसँग राष्ट्रपति निर्वाचनबारे छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (शुक्रवार) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको तीन दलको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले शुक्रवार एमाले अध्यक्ष ओलीसँग छलफल गर्ने बताएका हुन् । जसपा र एकीकृत समाजवादीका नेताहरुसँगको छलफल सकेर बाहिर निस्किदा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, छलफल चलिरहेको छ, ‘शुक्रवार एमाले अध्यक्षसँग कुरा हुन्छ । ’बुधबार नेपाली कांग्रेससँग छलफल गरेका उनले बिहीबार जनता समाजवादी

‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रूपमा मनाएकोमा ओलीको असन्तुष्टि

सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रूपमा मनाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।  अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गर्नु दुःखद भएको बताए । आज आफ्नै जन्मदिनको अवसर पारेर बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले सरकारको यो मानसिकताबाट मुलुकमा

राष्ट्रपति चयनमा लफडा

काठमाडौं।आगामी २५ फागुनमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले तेस्रो राष्ट्रपति पाउँदै छ । २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनले नयाँ राष्ट्रपति चयन गर्ने भए पनि अहिलेदेखि नै राष्ट्रपति को हुने भन्नेमा लफडाबाजी सुरु भएपछि राष्ट्रपति पदको गरिमा र महत्व नै घट्ने अवस्थामा पुगेको छ । प्रमुखलगायतका विभिन्न राजनीतिक दल र तिनका नेताले तेस्रो राष्ट्रपति चयन प्रक्रिया आउनैलाग्दा गरेका खुलेयामका कृत्य र अस्वाभाविक दौडधूपले गणतन्त्रमाथि नै व्यंग्य गरिरहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

वर्ल्ड कंग्रेसमा भाग लिन नेपालगन्ज म्याराथनका अध्यक्ष टीएस ठकुरी जापान प्रस्थान

काठमाडौं । वर्ल्ड कंग्रेसमा भाग लिन नेपालगन्ज म्याराथनका अध्यक्ष टीएस ठकुरी जापान गएका छन । म्याराथानको सफल आयोजना गरिसकेका ठकुरी यसै साता जापानको ओशाकामा हुने एम्सको २३ औं वर्ल्ड कंग्रेसमा भाग लिन गएका हुन । मंगलबार नेपालगन्ज म्याराथानको नेपाल रनिङ विमोचन गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले ठकुरीलाई जापानको लागी विदाई गरे । वर्ल्ड कंग्रेस फागुन ११ देखि १३ गते सम्म हुने कार्यक्रमका लागि विदाई गर्दै

डीआईजी सिंहले दिए राजीनामा

काठमाडौं । भावी प्रहरी प्रमुखको दावेदार मानिएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । नागरिकतामा जन्ममिति नमिलेपछि छानविनमा परेका डीआईजी सिंहले बुधबार राजीनामा दिएका हुन् । हाल सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख रहेका सिंहले प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन् । सिंहले पेश गरेको २२ जेठ २०४२ मा जारी नागरिकता प्रमाण पत्रको प्रतिलिपिमा उनको उमेर १८ वर्ष उल्लेख छ ।  जिल्ला प्रशासन कार्यालय, कैलालीबाट जारी नागरिकता

पलको जन्मदिन मनाउन केक लिएर कारागार पुगिन् पूजा

नायक पल शाहको आज (फागुन १० गते) जन्मदिन हो । नायिका पूजा शर्मा पललाई भेट्न तनहुँ कारागारमा पुगेकी छन् । निर्देशक शोभित बस्नेतसँग पूजा बुधबार कारागार पुगेकी हुन् । पल शाहलाई सामाजिक संजालबाट उनका हितैषी र अन्य फिल्मकर्मीले शुभकामना दिइरहेका छन् । पूजाले भने कारागारमै गएर पललाई जन्मदिनको शुभकामना दिएकी हुन् । पल र पूजाले ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’ र थुप्रै म्युजिक भिडियो खेलेका छन्

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं । संघिय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले उक्त प्रतिवेदन पेस गर्ने संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए । त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण निवारण तथा

डीआईजी अशोक सिंह राजीनामा दिने तयारीमा

काठमाण्डौं । उमेर विवादमा मुछिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको जागिर धरापमा परेसंगै उनले राजीनामा दिने तयारी गरेका छन् । नागरिकता र सिटरोलमा फरक फरक जन्ममिति भरी प्रहरी सेवामा प्रवेश गरेको आरोप लागेका डीआईजी सिंहले बर्खास्तीमा पर्नसक्ने अवस्था आउनुपुर्व नै राजिनामा दिने तयारी गरेका छन । छानबिन हुँदा बर्खास्त हुने र सेवा सुविधा समेत गुम्ने अवस्था देखिएपछि राजीनामा दिन लागिएको स्रोत बताउँछ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी सिंहले

पाँच एआइजी बन्ने दौडमा दर्जन वढी डिआइजी प्रतिस्पर्धामा

काठमाडौं । सरकारले रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने तयारी गरेको छ । ३० वर्षे सेवा अवधिका कारण एआइजीहरु अनिवार्य अवकाशमा गएपछि पाँच एआईजी पद खाली भएको हो । गृह मन्त्रालयले सोही पदमा पाँच डीआइजीको बढुवा गर्ने तयारी गरेको हो । एआईजी बढुवाका लागि दर्जनबढी डीआईजी दौडमा रहेका छन् । डीआईजीहरू मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय र मोहनकुमार आचार्य मुख्य प्रतिस्पर्धी हुन् । वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह,

प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त

काठमाडौँकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त भएका छन्। डा. रुपक पूर्व सभामुख एवम् माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका छोरा हुन। प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार फागुन १ गतेदेखि उनी परराष्ट्र सल्लाहकारमा नियुक्त भएका हुन्। सापकोटाले चीनको रेन्मिङ विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका छन्। केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उनि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक थिए। डा. सापकोटाले नेपालको परराष्ट्र नीति र