काठमाण्डौं जादै गरेको बस रुपन्देहीको सैना मैनामा दुर्घटना, ४३ जना घाइते
बुटवल । रुपन्देहीको सैनामैनामा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौं आउँदै गरेको रा १ ख २७८३ नम्बरको बस गएराति ११:५० बजे रूपन्देहीको सैनामैना नगरपालिका-१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किएको थियो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टका अनुसार दुर्घटनाबाट बसका चालक र यात्रुसहित ४३ जना घाइते भएका थिए। घाइतेहरूलाई चौराहा हस्पिटल बुटवल, एडमनसिटि हस्पिटल