एपेक्स र केएन ट्विन टावर भत्काइदै
दिल्ली । नयाँ दिल्लीको छेउमा रहेको नोएडाको सेक्टर ९३ ए स्थित प्रसिद्ध ट्विन टावर आज भत्काइदैछ । आइतबार दिउँसो २ः३० बजे यी दुवै टावर भग्नावशेषमा परिणत हुने भारतीय सञ्चारमाध्यममा उल्लेख छ । टावर भत्काउन १२ सेकेन्ड मात्रै लाग्नेछ । टावर भत्काउनुअघि धेरै क्रेन सो स्थानमा पुगिसकेका छन् । त्यहाँका प्रहरी भवन भएको ठाउँ खाली गर्न जुटेका छन् । धेरै गैरसरकारी संस्था भवन नजिकै बस्ने कुकुरलाई बचाउन एकसाथ काम गरिरहेका छन्