विशेष समाचार

कक्षा १२ को नतिजा भदौ १५ गतेभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा भदौ १५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले भदौ १५ गतेभित्र सार्वजनिक गर्ने तयारी भईरहेको बताएका छन् । अध्यक्ष शर्माले १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी योजना बनाएर काम गरिरहेको बताए । उनले भने, ‘योजना भित्रै नतिजा निकाल्न सकिन्छ भनिरहनुभएको छ साथीहरुले । अब १५ गतेभित्र नतिजा सार्वजनिक हुन्छ ।’ परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२) ले

समानुपातिक उम्मेदवारी दर्ता आजबाट

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले आजदेखि निवेदन दर्ता गराउने भएको छ ।   निर्वाचन आयोगले दुवै सभाका लागि शुक्रवारदेखि निवेदन दर्ता गराउन लागेको हो। आयोगले शुक्रबारदेखि आइतबारसम्म तीन दिन राजनीतिक दलको निवेदन दर्ता गर्ने व्यवस्था गरेको छ । निर्वाचन प्रयोजनका लागि प्रत्यक्ष तर्फबाट भागलिन आयोगले गत साउन २२ देखि ३१ गते सम्म दल दर्ता गर्न आह्वान गर्दा ८७ वटा दल

सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताले दिएको निर्देशन अनुसार आज दिँउसाे ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्न लागेको हो । प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रको अवस्थाका बारेमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएअनुसार कार्यदलमा छलफल निरन्तर चलिरहेको छ । बिहिवार बसेको कार्यदलको बैठकमा नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी

प्रत्येक पालिकामा वाइसिएलले श्रम सहकारी गठन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालले महँगी नियन्त्रण, संरचनागत तथा नीतिगत भ्रष्टाचार अन्त्य र श्रम शोषणविरुद्ध सङ्घर्ष गर्ने भएको छ । दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित कार्यसमितिको पदभार ग्रहण गर्न आज आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुबोध शेर्पालीले ‘श्रम र उत्पादनमा वाइसिएल’ नाराका साथ युवालाई आत्मनिर्भर बनाउन प्रत्येक पालिकामा १०० युवा सम्मिलित श्रम सहकारी गठन गर्ने बताए । वाइसिएलले नागरिकता विधेयकले मूर्तरूप पाउनेमा देखिएको अन्योलताका कारण

कीर्तिपुरमा पनि मापदण्ड विपरितका संरचना भत्काउन सुरु

काठमाडौं । कीर्तिपुर नगरपालिकाले नगरभित्रका मापदण्ड विपरितका संरचना हटाउने कार्य सुरु गरेको छ । पटक पटकको लिखित तथा मौखिक आग्रह र चेतावनीपछि पनि अटेर गरेका कारण आज नगरपालिकाले त्यस्ता अवैध संरचना डोजर लगाएर भत्काएको हो । दिउँसो सुरु गरिएको सो कार्यमा नगरप्रमुख राजकुमार नकर्मी उपस्थित थिए । नगरपालिकाको वडा १० मा पर्ने उक्त संरचना स्थानीय जयबहादुर महर्जनको पर्खाल हो । नगरपालिकामा गरिएको नक्सा पास विपरीत सो संरचना बनेकाले भत्काउनुपरेको नगरपालिकाका

अख्तियारद्वारा ३१ जनाविरुद्ध मुद्दा दायर

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधु प्रसाद बस्ताकोटी, मालपोत कार्यालयका नायब सुब्बा र खरिदारसहित ३१ जनाविरुद्ध झण्डै ३० करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी  भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बिहीबार २९ करोड ८८ लाख ८१ हजार ४३७ रुपैयाँ ५० पैसा बिगो माग दाबीसहित मुद्दा दायर गरेको हो । धनुषाको पिडारी चोकस्थित र रत्नसागर

बालेनले अधिकारको दुरुपयोग गरे :उद्योग वाणिज्य संघ

काठमाडौं । काठमाडौं उद्योग वाणिज्य संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ । काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने नाममा साना व्यापारीहरूको रोजिरोटी खोसेको भन्दै संघले महानगरको अभियानप्रति आपत्ति जनाएको हो । संघका अध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीहरुले घरभाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर कर तिरेर करोडौं लगानी गरेका व्यावसायी माथिको धरपकड तत्काल बन्द गर्न मेयर साहलाई आग्रह गरे । महानगरको मेयरलाई अधिकार छ भन्दैमा प्रहरी, डोजर

प्रतिनिधिसभा निर्वाचनमा ८७ राजनीतिक दल सहभागी हुने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा ८७ वटा राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि ८७ वटा दल दर्ता भएको जनाएको छ । त्यसमध्ये एकल रूपमा सहभागी हुने दलको संख्या ७५ रहेको आयोगले जनाएको छ । संयुक्त समूहमा सहभागी हुने दलको संख्या ४ वटा रहेको आयोगले जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभा चुनावमा लागि ७९ वटा निर्वाचन चिन्ह रहेको छ । त्यस्तै प्रदेशतर्फ सबैभन्दा

प्रहरी जवान आधारभूत तालिममा सहभागी ९६ जना दीक्षित

नेपालगंज । लुम्बिनि प्रदेश प्रहरी गण कोहलपुर बांके हाल खजुरामा संचालित प्रहरी जवान ८-१११ ‘ख’ औं समुहको आधारभुत तालिममा सहभागी ९६ जना प्रहरी जवानहरु दिक्षित भएका छन् । मिति २०७८ साल असोज १७ गते देखी संचालित प्रहरी जवान ८-१११ ‘ख’  औं समुहको २ सय ३४ कार्य दिनको आधारभूत तालिम पश्चात आज लुम्बिनि प्रदेश प्रहरी गण कोहलपुर बांकेको प्राङगणमा आयोजित एक विशेष कार्यक्रमकाबीच नेपाल प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेश हाल नेपालगंज बांकेका

आमाले चितुवाको मुखबाट छोरा खोसिन

तनुहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ ।   साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो । रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर परियारलाई आक्रमण गरेको थियो । साँझ करिब ६ बजेको समयमा घरको पिँढीमा खेलीरहेका उनलाई चितुवाले