विशेष समाचार

कपनमा महानगरको डोजर चल्दा स्थानीयवासी आन्दोलित

काठमाडौं । काठमाडौं महानगरपालिकाले कपन क्षेत्रको खोलामाथि रहेको स्ल्याब हटाउन डोजर चलाएको छ । हरेक वर्षको बाढीबाट डुब्ने कपन क्षेत्रमा पर्ने काठमाडौं महानगरपालिका क्षेत्रमा महानगरले डोजर चलाएको हो । बुढानिलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर ७ को सीमाना पर्ने कपन खोलामाथि राखिएको स्ल्याब हटाउन डोजरसहित महानगरको नगरप्रहरीको टोली पुगेपछि स्थानिय वासिन्दा आन्दोलनमा उत्रिएका छन् । स्ल्याब हटाउन गएको महानगरको नगरप्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । स्थानीयहरुबीच झडप

सर्लाहीको लखन्देखी पुलमुनि पुरुषको टाउको भेटियो

जनकपुरधाम । सर्लाहीको हरिवन नगपालिका वडा नं. ४, स्थित लखन्देखी पुलमुनि शरिरबाट छुट्टिएको अवस्थामा एक पुरुषको टाउको फेला परेको छ । सर्लाहीको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पुल मुनि बिहीबार बिहान करिब साढे ७ बजे स्थानीयले घाँटीबाट छिनाएको टाउको देखेपछि प्रहरीमा खबर गरेका थिए । पुरुषको अहिले सनाखत हुन नसकेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र पन्जियार थारुले जानकारी दिए । उनका अनुसार घटनास्थलको अवस्था हेर्दा युवकको हत्या भएको जस्तो देखिन्छ ।

देशभर डेंगु संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । हालसम्म दश हजार ७ सय २६ जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।  महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको छ । अघिल्लो वर्ष २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो । संक्रमण देखिएकामध्ये सबैभन्दा बढी सुनसरीमा भेटिएको छ ।

ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन थुनामा राख्न अनुमति

काठमाडौँ । ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न बुधबार अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको हो । ब्युरोले असार १२ मा भाटभटेनी सुपर मार्केटका सञ्चालक ६९ वर्षीय गुरुङ र पूर्व निर्वाचन आयुक्त ६९ वर्षीय सुधीरकुमार शाहसहित ४ जनालाई पक्राउ गरेको थियो । सो मुद्दामा अहिलेसम्म पक्राउ पर्नेको

छयानबे घण्टापछी खुल्यो बेनी-जोमसोम सडक

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छयानबे घजण्टापछी (चार दिनपछि) सञ्चालन भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीको अधेरीखोलामा निरन्तर खसेको पहिराका कारण आइतबार बिहानदेखि अवरुद्ध भएको सडक आज दिउँसोदेखी सञ्चालन भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले वर्षा रोकिएपछि पहिरो पन्छाएर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन गरिएको जानकारी दिए । आयोजनाको निर्माण कम्पनीका डोजर, कर्मचारी, मजदुर, नेपाली सेना र प्रहरीको

अविरल वर्षाका कारण देशभरका १ दर्जन सडक अवरुद्ध

काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाका कारण देशभरका अधिकांश सडक अवरुद्ध भएको छ । वर्षापछि आएको बाढी र पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्डसहित १ दर्जन सडक अवरुद्ध भएको हो । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा पहिरो झरेर दुईतर्फ सवारी अवरुद्ध भएको छ । कालिखोलाको पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मकवानपुर स्थित कान्ति लोकपथ र हेटौँडा–भैँसे–भिमफेदी हुँदै कुलेखानी जाने सडक अवरुद्ध

बागमतीमा मन्त्रालयको संख्या १२ पुर्‍याइयो

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मन्त्रालय फुटाएर १२ पुर्याएका छन् । विना विभागीय मन्त्री रामकृष्ण चित्रकारलाई विभागीय जिम्मेवारी दिन उनले मन्त्रालय फुटाएर ११ बाट १२ पुर्याएका हुन् । यसअघि गत जेठ ७ गते प्रदेशको खर्च कम गर्ने भन्दै उनै मुख्यमन्त्रीले १४ बाट तीन मन्त्रालय समायोजन गरेर ११ बनाउन हस्ताक्षर गरेका थिए । तर, उनी ६ महिनामै आफ्नै निर्णयबाट पछि हटेका हुन् । उनले मन्त्री चित्रकारलाई जिम्मेवारी दिन कांग्रेसको

गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा पाल्पामा तीन जना घाइते

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा आज (सोमबार) बिहान गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा तीन जना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको जिपलाई ढुङ्गा च्याप्दा तीन जना घाइते भएका हुन् । घाइते हुनेमा तानसेन नगरपालिका–१४, अर्गलीका ४० वर्षीय दिलीप न्यौपाने, सुद्धोधन गाउँपालिका रुपन्देहीका चालक ३२ वर्ष विवेक कार्की र नवलपुर त्रिवेणीका २४ वर्षीय चन्दन कार्की रहेको प्रहरीले जनाएको छ । घाइते तीन

पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका ४ पूर्व मन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले पूर्व गृहमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार र दुई पूर्व भूमिसुधार मन्त्री डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशी र तत्कालिन राज्यमन्त्री सञ्जयकुमार शाहलाई पक्राउ गर्न आइतबार प्रहरीलाई अनुमति दिएको हो । आइतबार नै सर्वोच्च अदालतले ललिता निवास प्रकरण मुख्य निर्णयकर्ता समेतलाई अनुसन्धानको दारयरा ल्याउन सरकारलाई आदेश दिएको थियो ।

उत्तर प्रदेशको श्रावस्तीमा गाईसँग कार ठोक्किँदा नेपालगन्जका ६ जनाको मृत्यु

भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका ६ जनाको मृत्यु भएको छ। भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।   दुर्घटनामा परी नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा