गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा पाल्पामा तीन जना घाइते
पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा आज (सोमबार) बिहान गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा तीन जना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको जिपलाई ढुङ्गा च्याप्दा तीन जना घाइते भएका हुन् । घाइते हुनेमा तानसेन नगरपालिका–१४, अर्गलीका ४० वर्षीय दिलीप न्यौपाने, सुद्धोधन गाउँपालिका रुपन्देहीका चालक ३२ वर्ष विवेक कार्की र नवलपुर त्रिवेणीका २४ वर्षीय चन्दन कार्की रहेको प्रहरीले जनाएको छ । घाइते तीन