समाचार

एसपीको सरुवा अन्यौल

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नयाँ मापदण्ड बनाएर सरुवा गर्ने तयारी गरेपछि शक्तिकेन्द्रको आडमा आकर्षक पोष्टिङ पाउँदै आएका प्रहरी अधिकारीको टेन्सन बढेको छ । एक पदमा दुई पटक भन्दा धेरै इन्चार्ज नपाउने गरी मापदण्ड बनाउन लागिएको छ । साथै दुई पटक तराईको जिल्लामा इन्चार्ज नदिने तयारी छ । केही एसपी तथा डिएसपीहरु पावर लगाएर तेस्रो पटक इन्चार्ज जाने तयारीमा थिए । अब उनीहरु मापदण्ड नै रोक्न लागिपरेका छन् । नयाँ

आत्मनिर्भर लघुवित्तको आइपीओ बिक्री खुला

काठमाडौं । आत्मनिर्भर लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सोमबारदेखि आइपीओ बिक्री खुला गरेको छ । लघुवित्तले आज माघ १६ गतेदेखि आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशत ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँको १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन्।

हिरासत तोडेर धनुषाबाट ६ थुनुवा फरार

जनकपुर । धनुषामा ६ जना अभियुक्त फरार भएका छन् । आइतबार राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत तोडेर ६ अभियुक्त फरार भएका हुन् । भागेकामध्ये २ जना हातहतियार, २ जना लागुऔषध र २ जना सार्वजनिक अपराध कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । फरार भएकाहरूको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

आज माघ १६ गते सहिद दिवस

काठमाडौं । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ। सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ। यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट सहिदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ

सुकुम्बासी बस्ती हटाउन प्रधानमन्त्री सकारात्मक

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले सुकुम्वासी बस्ती हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सहयोग मागेका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मेयर साहले प्रचण्डसँग बागमती करिडोरस्थित थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउन सहयोग मागेका हुन् । सुकुम्वासी बस्ती हटाउने विषयमा प्रधानमन्त्री सकारात्मक रहेको मेयर साहका स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए ।उनका अनुसार प्रचण्डले सुकुम्वासी बस्ती हटाउने विषयमा सरोकारवालाहरुसँग पनि छलफल गर्ने बताएका छन् । यसअघि थापाथलीमा

अवैध लागुऔषधसहित दाङमा दुईजना पक्राउ

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१५, थारु गल्लीबाट अवैध लागुऔषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४९ वर्षीया शिवा खत्री र उनका छोरा २२ वर्षीय राजु केसी रहेका छन् । उनीहरुको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ९३० मिलिग्राम, नियन्त्रित लागुऔषध ट्रामाडोल ७८ ट्याब्लेट, अल्फाजम ट्याब्लेट ७२ पिस र नगद १ लाख २७ हजार ६१० रूपैयाँसमेत बरामद गरिएको प्रहरीले जानकारी दिए ।

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया आज नेपाल आउँदै

काठमाडौं । अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज (आइतबार) काठमाडौं आउँदै छिन्। परराष्ट्रका मन्त्रालयका अनुसार दुई दिन काठमाडौंमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका नेतासँग राजनीतिक भेटवार्ता गर्नेछिन् । नयाँ गठबन्धनको सरकार बनेपछि उनको यो पहिलो काठमाडौं भ्रमण हो। केही दिनअघि परराष्ट्रमन्त्री पौड्यालसँगको भेटमा अमेरिकी राजदूत डिन थम्पसनले नुल्याण्डको भ्रमणबारे जानकारी गराएका थिए । लामो कूटनीतिक अनुभव भएकी उनले अमेरिकाका तीन राष्ट्रपतिहरूसँग निकट रहेर काम

रवि लामछानेको मुद्धामा बहस सकियो, आजै फैसला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दाको बहस सकिएको छ । लामिछानेको नागरिकता विवादमाथिको रिटमा आज (शुक्रबार) सुनुवाइ सकिएको हो । गृहमन्त्री लामिछानेको पक्षका बहस गर्ने एक कानुन व्यवसायीले आजै फैसला आउन सक्ने बताए ।

उच्च सैनिक अधिकृत शाही जंगीअड्डामा २४ दिनदेखि थुनामा

काठमाण्डौं । नेपाली सेनाको मुख्यालय जंगीअड्डामा २४ दिनदेखि उच्च सैनिक अधिकृत (नेपाली सेनाका उपरथी प्रेम शाही) ‘गुपचुप’ थुनामा छन् । उनलाई कुन कसूरमा थुनिएको हो भन्ने सेनाले हालसम्म स्पष्ट बोलेको छैन । न उच्च सैनिक अधिकृत शाहीलाई आफन्तहरुसँग सहज भेट दिइएको छ, न यसबारे वहालवाला र पूर्वसैनिक अधिकारीहरुले नै मुख खोलेका छन् । सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले उनीविरुद्ध ‘आर्थिक सुशासन उल्लंघन’बारे छानबिन भइरहेको बताए । तर, उनले नेपाली सेनाको कुन

आज सरस्वती पुजा विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी मनाइँदै

काठमाण्डौं । आज ‘श्रीपञ्चमी’  विद्याकी देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजाआराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् ।