समाचार

माओवादीको पदाधिकारी बैठक बस्दै

काठमाडौं । माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । प्रधानमन्त्रीमा अध्यक्ष प्रचण्ड नियुक्त भएसँगै माओवादीले पदाधिकारी बैठक बोलाएको हो । ‘सोमबार बिहान ८ बजे पदाधिकारी बैठक बोलाइएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । श्रोतका अनुसार माओवादीले प्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय पाउने सहमति भएको छ । त्यसैगरी ११ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ । गठबन्धनको बैठक संसद् भवन नयाँ बानेश्वरमा तय भएको छ ।

प्रधानमन्त्रीको शपथ लिँदै प्रचण्ड, आजै मन्त्रिपरिषद् विस्तार

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । उनलाई अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाउने छिन् । प्रचण्डले आइतबार प्रतिनिधि सभाका १६९ जना सांसदहरुको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेपछि राष्ट्रपति भण्डारीले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । प्रचण्डले केही मन्त्रीहरुसहित शपथ ग्रहण गर्ने तयारी गरेको स्रोतले बतायो । नेकपा एमाले, राष्ट्रिय

तेस्रो दलका नेता प्रचण्ड १६६ मतसहित प्रधानमन्त्री

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आलोपालोको आधारमा प्रधानमन्त्री बन्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी ओलीको सरकारी निवास बालकोटमा भएको एमाले, माओवादी सहितका दलहरूको बैठकले प्रचण्डलाई पहिलो कार्यकालको प्रधानमन्त्री बनाउने सहमति गरेको हो । प्रचण्डलाई प्रधानमन्त्री बनाउने एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपासहितका दलको १६६ मतसहित प्रधानमन्त्री बनाउ सहमति जुटेको छ । बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेसँगै नयाँ समीकरणका दल राष्ट्रपति समक्ष प्रधानमन्त्री दाबी गर्न शीतल

प्रचण्ड र ओली आलोपालो प्रधानमन्त्री बन्ने

काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । माओवादीले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार भएको छलफलमा प्रचण्ड र ओलीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको हो । अहिले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । १६६ सांसदको समर्थन जुटाएको नेताहरुको दाबी छ ।

प्रधानमन्त्री देउवाद्वारा क्रिसमसको शुभकामना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत चाडपर्वलाई आफ्नो संस्कार र संस्कृतिको अभिव्यक्तिका रूपमा उत्साहपूर्वक मनाउँदा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूका बीच आपसी भाइचारा, सौहार्दता र राष्ट्रिय एकताको अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले संसारभर नै मानव समुदायले आफ्ना देवता र

कोरोनाको बुस्टर डोज खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्थानीय स्वास्थ्य संस्थाहरूमा गएर कोभिड-१९ विरुद्धको खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन पनि अनुरोध गरेको छ । छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को संक्रमण बढ्दै गएको भन्दै मास्क लगाउन र बुस्टर डोज खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयले भौतिक दूरीसमेत कायम गर्न

राष्ट्रपति भण्डारीले दिइन् क्रिसमसको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् । उनले शुभकामना सन्देशमार्फत यस्ता चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् । इसाई धर्मावलम्बीहरूद्वारा जिसस क्राइस्टको जन्मदिनको

आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा

काठमाण्डौं । आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् । २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस

पुष १५ गते सातै प्रदेशका मुख्यमन्त्री देउखुरीमा भेला हुँदै

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्री लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा भेला हुने भएका छन् । मुख्यमन्त्री सम्मेलनमा सहभागी हुन पुष १५ गते सातै प्रदेशका मुख्यमन्त्री हालै कार्यान्वयनमा आएको प्रदेशको स्थायी राजधानीमा देउखुरीमा भेला हुने भएका हुन् । अहिले मुख्यमन्त्री सम्मेलनको तयारी भइरहेको र १५ गतेको मिति लगभग टुंगो लागेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रवक्ता तथा सचिव नरेन्द्रकुमार रानाले जानकारी दिए । गत मंसिर ४ गते भएको संसदीय निर्वाचनबाट संघ र

गोली लागेर घाइते भएका भारतीय नागरिक शिवपुजनको मृत्यु

काठमाडौं । बारामा अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भारतीय नागरिकको मृत्यु भएको छ । प्रहरीका अनुसार भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको बारास्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बाराको महागढीमाई नगरपालिका भुताहा पुल नजिकै चिया पसलमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले चलाएको गोली लागेर यादव गम्भीर घाइते भएका थिए ।