समाचार

कतारमा रहेका नेपाली दिदिबहिनीहरुले मनाए तीज

दर्शन सुनार/कतार : नेपाली नारीहरुको बेदना पोख्ने चाडको रुपमा लिईने तीज पर्वको यतिबेला देश तथा बिदेशमा समेत चहलपहल बढेको छ । तीज आउनु अगावैं बिदेशमा समेत तीजका कार्यक्रम सुरु हुन थालेका छन् । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर कतारमा रहेका नेपाली दिदीबहिनीहरुले दर खाने कार्यक्रम दोहामा सम्पन्न गरेका छन् । विगत एक दशकदेखि कतारलाई कर्म थलो बनाउँदै आएका शरु पान्डे,श्याम पान्डे र दिपक एन्जिला कार्कीद्वय परिवारले संयुक्त

विषाक्त खाना खाँदा एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौं । बाराको सिम्रौनगढमा एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ । विषाक्त खाना (फूड प्वाइजन)को कारण सिम्रौनगढ नगरपालिका– ७ झवानी टोल निवासी नरेश रामका तीन जना छोराछोरी ९ वर्षीया लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय कृष्णनन्दन रामको मृत्यु भएको हो । घर नजिकैको पोखरीबाट ल्याएको माछासँग भात खाएर सुतेका उनीहरु शनिबार राति सिकिस्त बिरामी भएका थिए ।बिरामी भएपछि अस्पताल लगिएका उनीहरुको सोमबार उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी

'परियार मित्रता समाज कतार'को पाँचौ अधिवेशनबाट अध्यक्षमा सुमन निर्वाचित

दर्शन सुनार/कतार : ‘हातमा हात, काँधमा काँध मिलाई अघि बढौँ र बढाऔँ’ भन्ने मुल नाराका साथ परियार मित्रता समाज कतारले सनैयामा अवस्थित फुलवारि रेष्टुरेन्टको सभाहलमा “५ औं अधिवेशन तथा विविध साँस्कृतिक कार्यक्रम २०२४” भब्य रुपमा सम्पन्न गरेको छ । परियार मित्रता समाज कतारकी कार्यवाहक अध्यक्ष उषा परियारको सभापतित्व तथा नेपाली राजदूतावास कतारका का•वा राजदुत कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट आगामी कार्यकालका लागि अध्यक्षमा सुमन परियार निर्वाचित भएका छन्। वरिष्ठ

बंगलादेशका प्रधानन्यायाधीश हसनले दिए राजीनामा

बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन्। उनको राजीनामा माग्दै आन्दोलनकारीहरू सर्वोच्च अदालत परिसर घेरेपछि प्रधानन्यायाधीश हसनले राजीनामा दिएका हुन्। शनिबार बिहानदेखि सयौंको संख्यामा सर्वोच्च अदालत परिसर पुगेका आन्दोलनकारीहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए। आन्दोलनकारीहरूले उनलाई राजीनामा गर्नका लागि दिउँसो १ बजेसम्मको अल्टिमेटमसमेत दिएका थिए। अल्टिमेटमअघि नै अदालत परिसरमा उपस्थित भएका पत्रकारहरूसँग बोल्दै हसनले आफू पदबाट बाहिरिएको घोषणा गरेका हुन्। अदालत परिसरमा जम्मा भएका आन्दोलनकारीहरूले हसनले राजीनामा नदिए

ब्राजिलमा भएको विमान दुर्घटनामा जो भाग्यले बाँचे 

ब्राजिलको साओ पाउलोमा शुक्रबार भएको विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ । विमानमा ५७ यात्रु र चार चालक दलका सदस्य थिए । टिकट काटेर विमान चढ्न छुटेका केही यात्रु भने बाच्न सफल भएका छन । दुर्घटनाग्रस्त विमानको टिकट लिएका केही यात्रु विमान चढ्न छुटेको थिए । तीमध्ये एक एड्रियानो एसिस थिए।  उनले भने, ‘विमान कहिले उड्छ भन्नेबारे केही जानकारी थिएन । यो कुरा बताउन काउन्टरमा कोही थिएनन् ।’  पछि उनलाई

ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु

काठमाडौं । ब्राजिलको साओ पाउलोमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार ६१ जना सबैको मृत्यु भएको छ ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार ब्राजिलको साओ पाउलो नजिक विन्हेडो सहरमा शुक्रबार स्थानीय समयअनुसार दिउँसो साढे १ बजे वोयपास एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना हुँदा त्यसमा सवार सबै यात्रुको मृत्यु भएको हो । जहाजमा ५७ यात्रु र चालक दलका ४ सदस्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । समाचार संस्था रोयटर्सका अनुसार विमान पराना

नेपाली सेनाको नयाँ नेतृत्वमा सिक्देल

काठमाडौं । नेपाली सेनाले आजदेखि नयाँ नेतृत्व पाएको छ । प्रधानसेनापति प्रभूराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई बिहीबार कार्यभार हस्तान्तरण गरेसँगै सेनाले आजदेखि नयाँ नेतृत्व पाएको हो । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति शर्माले आज (शुक्रबार)देखि सम्हाल्ने गरी वरिष्ठतम् रथी सिग्देललाई प्रधानसेनापतिको कार्यभार सुम्पिएका हुन् । ४५औँ प्रधानसेनापतिका रूपमा सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्नेछन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि लागू हुनेगरी रथी सिग्देललाई कायममुकायम

बाँकेमा स्कुल बसको ठक्करबाट युवक र खसी-बाख्राको मृत्यु

कोहलपुर । बाँकेको ढकेरीनजिक स्कुल बसले ठक्कर दिँदा एकजना युवकको ज्यान गएको छ । बसको ठक्करबाट गोठालो गएका युवकले चराइरहेका १८ वटा खसी-बाख्रा पनि मरेका छन् । कोहलपुरबाट ढकेरीतर्फ जाँदै गरेको ना ४ ख ४५ ७० नम्बरको स्कुल बसले बिहीबार अपरान्ह ५ बजे ढकेरी पुलमा ब्राख्रा र गोठालो गएका पुरुषलाई ठक्कर दिएको थियो । ज्ञान कुञ्ज स्कुल कोहलपुरको बसले ठक्कर दिँदा बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का २६ वर्षीय गोविन्द वलीको घटनास्थलमै

आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशभर साधारणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज बुधबार दिउँसो देशभर साधारणतया बदली रहने महाशशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी,

प्रहरीका ३ एआईजीको सरुवा,जोशी एआईजीमा बढुवा

काठमाडौं ।नेपाल प्रहरीका तीन जना एआईजीको सरुवा भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरीका ३ जना एआईजीहरुको सरुवा गरेको सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा सुब्बा गुरुङले बताए । मन्त्री गुरुङका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा एआईजी दीपक थापालाई सरुवा गरिएको छ । ब्यूरोमा कार्यरत एआईजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा र उपत्यका प्रहरी कार्यालयमा एआईजी किरण बज्राचार्यलाई सरुवा गरिएको मन्त्री गुरुङले बताए । त्यस्तै सरकारले