समाचार

आजदेखि निर्वाचन आचारसंहिता हट्दै

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले लगाइएको आचारसंहिता आज (सोमबार)देखि हट्ने भएको छ । गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता मङ्सिर २६ गते सोमबारदेखि लागु नरहने आयोगले निर्णय गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको बताए । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका

देशरभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस ४.५ डिग्री

काठमाडौं । देशभर तापक्रम क्रमिक रूपमा घट्दै गइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबैभन्दा बढी चिसो जुम्ला र मुस्ताङमा देखिएको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस देखिएको छ भने जोमसोममा पनि न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियस पुगेको हो । काठमाडौँ उपत्यकाकाे न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस पुगेको छ । जिरीमा न्यूनतम तापक्रम शून्य आसपास पुगेको छ। आज (सोमबार) देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी

रेशम चौधरीलाई छुटाउन सरकारले ल्यायो अध्यादेश

काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी लगायतका विद्रोहीहरूलाई आममाफी दिन मिल्ने अध्यादेश ल्याएको छ । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेमशलाई छुटाउन आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकी अपराध संहिताको दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । एक मन्त्रीका अनुसार यो अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भयो भने रेशम छुट्ने छन् । ‘अदालतले पनि मान्नुपर्छ, अदालतको सहमति लिएको छ/छैन मलाई थाहा भएन’ ती मन्त्रीले सुनाए ।

जसपाका ५ समानुपातिक सांसद

काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सा.सदको टुंगो लगाएको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभाका ५ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको हो । जसपाका नेता प्रमोद यादवले पुरुषतर्फ प्रकाश अधिकारी र सहनाज रहमानको नाम निर्वाचन आयोगसमक्ष सिफारिस भएको जानकारी दिए । यस्तै महिलामा सुशीला श्रेष्ठ, रन्जु झा र रेखा थापा यादवको नाम सिफारिस भएको उनले बताए । सो पार्टीले प्रदेशतर्फ पनि समानुपातिक सांसदको नाम टुंग्याएर आयोगलाई

घनश्याम भुसाल र प्रभु शाहलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा गरेको भन्दै घनश्याम भुसाल र प्रभु शाह सहितका नेताहरूलाई कारबाही गरेको छ । शनिबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेका नेताद्वय भुसाल र शाहलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी गरेको हो । बैठकले केन्द्रीय कमिटी सदस्यहरू उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी र टेकबहादुर बलम्पाकीलाई पनि केन्द्रीय सदस्य नरहने

रोनाल्डो रुँदै विश्वकपबाट बिदा भए

एजेन्सी । फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई हराएसँगै स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको विश्वकप जित्ने अन्तिम सम्भावना समाप्त भएको छ । विश्व फुटबलमा जित्न बाँकी एकमात्र उपाधिको रुपमा रहेको विश्वकप जित्ने लक्ष्य राखेका रोनाल्डो त्यसमा सफल हुन सकेनन् । शनिबार सम्पन्न प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा रोनाल्डो बेन्चमा रहेर खेलको सुरुवात गरेका थिए । पहिलो हाफमै पोर्चुगल १-० ले पछि परेसँगै प्रशिक्षक फर्नान्डो सान्तोसले दोस्रो हाफ सुरु भएको केहीबेरमा रोनाल्डोलाई

इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

एजेन्सी । फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै  फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो । कतारको अल बायत रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा फ्रान्सले खेलको १७ औं मिनेटमा अग्रता लियो भने पेनाल्टीमार्फत गोल गर्दै इङ्ग्ल्यान्डले ५४ औं मिनेटमा बराबरी गोल फर्कायो । तर, खेलको ७८ औं मिनेटमा फ्रान्सले अर्को गोल थप्यो भने त्यसपछि दुबै पक्षबाट थप गोल हुन नसकेपछि खेल फ्रान्सको पक्षमा हुन पुग्यो । खेलको

पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा

काठमाडौं । पोर्चुगललाई स्तब्ध पार्दै कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गर्दै मोरक्कोले नयाँ इतिहास रचेको छ । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोलको अवसर सिर्जना गरे । बल पोसेसनमा पोचुगलले पकड जमाएपनि मोरक्कोले काउन्टर अट्याकमा पटक पटक समस्या दियो । पोस्टमा बढी आक्रमण गरेको मोरक्कोले युसुफ एन नेसरीको गोलमा सुरुवाती अग्रता पनि बनायो । पोर्चुगलले लगत्तै खेल बराबरी गर्ने अवसर पाएपनि क्रसबार बाधक बन्यो । दोस्रो हाफको

अस्पतालको तेस्रो तलाबाट खसेर एक महिलाको मृत्यु

कास्की । पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खसेर एक महिलाको ज्यान गएको छ । बिरामी भेट्न गएकी पोखरा महानगरपालिका १८ सराङकोट घर भएकी ६५ वर्षकी धनसरी घर्ती मगरको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । मुटुको समस्या भएर उपचाररत छोरी पूर्णकुमारी घर्तीको हेरचाहका लागि अस्पताल गएको बेला छतबाट खसेर उनको मृत्यु गएको प्रहरीले जनाएको छ ।

सिंहदरबारभित्रैबाट साँचो थुतेर सरकारी गाडी चोरी

काठमाडौं । सिंहदरबारभित्रैबाट शुक्रबार सरकारी गाडी नाटकीय शैलीमा चोरी भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पार्किङबाट बा २ झ ३०५३ नम्बरको पिक अप गाडी चोरी भएको हो । सो गाडी बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को हो । परिषद्का पूर्व अध्यक्ष शालिकराम सिंहले चालक धनीराम मन्डलसँग साँचो थुतेर गाडी चोरी गरेका हुन् । चालक मन्डललाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । परिषद्का अध्यक्ष शीतल साहले सो