समाचार

ब्राजिलका प्रशिक्षक टिटेद्धारा पद छाड्ने घोषणा

एजेन्सी । फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा क्रोएसियासँग हारेपछि ब्राजिलका प्रशिक्षक टिटेले पद छाड्ने घोषणा गरेका छन् । प्रतियोगिता सुरु हुनुअघि नै प्रशिक्षकले जस्तोसुकै नतिजा आएपनि आफू जिम्मेवारीमा नरहने बताएका थिए । ६१ वर्षीय प्रशिक्षक पछिल्लो ६ वर्षदेखि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालिरहेका थिए । उनले सन् २०१९ मा कोपा अमेरिका उपाधि दिलाएपनि विश्वकपमा क्वाटरफाइनल चरण पार गर्न सकेनन् । ‘यो निकै कठिन निर्णय हो,’ क्रोएसियाविरुद्ध हारपछि टिटेले भने, ‘एउटा

ब्राजिललाई स्तब्ध पार्दै क्रोएसिया सेमिफाइनलमा

एजेन्सी । क्रोएसियाले फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । टाइब्रेकरमा ब्राजिललाई ४-२ ले स्तब्ध पार्दै क्रोएसिया लगातार दोस्रो पटक टाइब्रेकरमा जित हासिल गर्न सफल भयो । एजुकेसन सिटी रंगशालामा शुक्रबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि निकै संघर्ष गर्नुपर्यो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयमा ब्राजिलले अग्रता लिएपनि क्रोएसियाले खेल १-१ को बराबरी

अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश

एजेन्सी । नेदरल्याड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । हारसँगै नेदरल्याड्स क्वार्टरफानलबाटै घर फर्किन बाध्य भएको छ । निकै प्रतिस्पर्धात्मक र तनावपूर्णसमेत बनेको खेलमा अर्जेन्टिनाले नेदरल्याड्सलाई पेनाल्टीमा ४–३ गोल अन्तरले पाखा लगाएको हो । शनिबार बिहान कतारस्थित लुसाइल रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लागि मोलिनाले खेलको ३५ औं मिनेटमा पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । यसैगरी खेलको ७३ औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै

नेकपा एस कर्णालीको समानुपातिकमा कल्याणी खड्का सिफारिस

काठमाडौं । कणाली प्रदेशमा एक सिट पाएको नेकपा एकीकृत समाजवादीले समानुपातिकमा सांसदको नाम टुंगो लगाएको छ । यस प्रदेशमा नेकपा एसले रुकुमपश्चिमको चौरजहारी नगरपालिका निवासी कल्याणी खड्काको नाम सिफारिस गरेको हो । खड्का अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य हुन् । रुकुमकी पार्टी उपाध्यक्ष समेत रहेकी उनी खस आर्य महिलातर्फ एक नम्बर सूचीमा थिइन् ।

जबरालाई रोक्न सर्वोच्चमा बारको धर्ना

काठमाडौं । नेपाल बार एशोसियसनले आज पनि सर्वोच्च अदालतमा धर्ना दिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च प्रवेश गर्नबाट रोक्न बारले आज पनि धर्ना दिने भएको हो । महाअभियोग लागेका जबराको निलम्बनलाई निष्क्रिय पारिदिने संघीय संसद्का महासचिवको पत्रले उत्पन्न तरंगले शुक्रबार पनि सर्वोच्च प्रभावित हुने बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए । उनले बिहान पौने १० बजेबाटै सर्वोच्चको गेटमा धर्ना दिइने बताए । जबरा सर्वोच्च जान प्रयास गरे भने

विश्वकपमा आज क्वाटरफाइनलका दुई खेल

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु शुरु हुनेछ । आज (शुक्रबार) क्वाटरफाइनलका दुई खेलमा प्रतिस्पर्धा हुनेछ । आज पहिलो र दोस्रो क्वाटरफाइनल खेल हुनेछ । पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । यस्तै मध्यराति पौने १ बजे सुरु हुने दोस्रो क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना आमने-सामने हुनेछन् । यो खेल लुसेल आइकोनिक स्टेडियममा हुनेछ

जनमत पार्टीले छानेका ४ समानुपातिक सांसद

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिक उम्मेदवार चयन गरेको छ । पहिलो पटक चुनावमा सहभागी भएको जनमतले बिहीबार ४ समानुपातिक सांसदको टुंगो लगाएको हो । प्रतिनिधिसभामा ३ लाख ९४ हजार ६ सय ५५ मत पाएको जनमत पार्टीलाई आयोगले ४ सिट दिएको छ । बिहीबार काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकले समानुपातिकको नाम टुंगो लगाएको अध्यक्ष चन्द्रकान्त राउतले जानकारी दिए । उनका अनुसार क्लस्टर अनुसार नाम छानिएको छ । जसमा

विद्युत खपतमार्फत नै समृद्धि : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपत बढाउनको लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन् । बिहीबार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि लगानी केन्द्रित रहेको जानकारी गराएका हुन् । उनले नेपालमा उत्पादन विद्युत नेपालमा नै खपत बढाउनका लागि विभिन्न इभि एक्स्पोहरु भइरहेको बताए ।

सरकारमा जाने जनमत पार्टीको निर्णय

काठमाडौं । जनमत पार्टीले सरकारमा जाने निर्णय गरेको छ । सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । आज बसेको जनमत पार्टीको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको छ । संघमा सामान्य हेरफेर हुने देखिएको ती नेताले बताए । बैठकले संसदीय दलको विधान

बिहे भोज खाएका १५० जना बिरामी

पाल्पा । पाल्पाको बगनासकालीमा बिहे भोजमा प्रयोग भएको पानी दूषित रहेको प्रयोगशालाबाट पुष्टि भएको छ । बिहेको भोजमा खाना पकाउन प्रयोग भएको पानीमा हैजा फैलाउने जीवाणु ‘कोलिफर्म’ भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ । गएको शनिबार बिहे भोज खाएपछि पाल्पा र प्युठानका १५० जना बिरामी परेका थिए । बिहेको भोजमा दुई वटा ड्रमको पानी प्रयोग भएको थियो । त्यसमध्ये एउटामा कोलिफर्म जीवाणु भेटिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुधन भट्टराइले