समाचार

बागलुङ-१ बाट चित्रबहादुर केसी विजयी

पोखरा । बागलुङ निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् । केसी २१ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन् । नेकपा एमालेका सूर्यप्रसाद पाठक भने १८ हजार ८२५ मत ल्याएर पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ र राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९०३ मत पाए । यस क्षेत्रबाट २०७४ सालमा सूर्यप्रसाद पाठक विजयी भएक भएका थिए ।

बर्दिया-२ मा रेशम चौधरीका बुवा लालवीर विजयी

बर्दिया । बर्दिया-२ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका छन् । रेशम चौधरीका बाबु समेत रहेका चौधरीले २६ हजार पाँच सय २० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सुरेश पन्थले २६ हजार तीन सय ८४ मत ल्याए । यसैगरी नेकपा एमालेका पङ्कजसिँह राठौरले १६ हजार ९० मत ल्याए भने राप्रपाका विनय रावलले १३ हजार दुई सय ९२ मत पाए । रेशमको उम्मेदवारी

फिफा विश्वकप : आज चार खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (बुधबार) चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा बुधबार समूह ‘ई’ र समूह ‘एफ’ को दुई दुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह ‘एफ’ मा रहेको मोरक्को र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । साविक उपविजेता क्रोएसिया र मोरक्कोबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा उपाधि दाबेदार जर्मनी र जापानबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ई’ मा

प्रतिनिधिसभामा घण्टीले खोल्यो खाता, काठमाडौं २ मा सोविता गौतम विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जीत हासिल गरेको छ । बुधबार बिहान सम्पन्न काठमाडौँ क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी भएका हो । सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाएकी छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गरेका छन् । त्यस्तै,

बाँके क्षेत्र नम्बर–२ बाट राप्रपाका धवलशमशेर राणा विजयी

नेपालगंज । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभातर्फको निर्वाचनमा पहिलो जीत हासिल गरेको छ । बाँके क्षेत्र नम्बर–२ बाट धवलशमशेर  राणा विजयी भएका हुन् । राणाले पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका नेता मोहम्मद इश्तियाक राईलाई पराजित गरे । राणाले २९ हजार ५७७ मत ल्याउँदा राईले २३ हजार ५२० मत मात्र ल्याउन सके । कांग्रेसका सुदीप नरसिंह राणाले ४ हजार ४०३ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद कुमार अग्रहरीले १ हजार

समानुपातिकमा कुन दलले कति मत ल्याए

काठमाण्डौं । आइतबार सम्पन्न आम निर्वाचनको मतगणना जारी रहँदा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायम राखेको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । बुधबार बिहानको अद्यावधिक विवरणअनुसार पहिलो स्थानमा रहेको नेकपा एमालेले हालसम्म २ लाख ६ हजार ९७३ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १ लाख ८३ हजार ८० मत प्राप्त गरेको छ । यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई ९५ हजार १५ मत प्राप्त हुँदा नेकपा

एकीकृत समाजवादीले खाता खोल्यो, अछाममा कुँवर विजयी

अछाम । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा तर्फको निर्वाचनमा पहिलो जीत हासिल गरेको छ । अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट शेरबहादुर कुँवर निर्वाचित भएका हुन् । कुँवरले १९ हजार ५३४ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहरालाई पराजित गरेका हुन् । बोहराले १५ हजार ४५ मत मात्र प्राप्त गरे  । स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२ मत ल्याए ।

चितवनमा अघि लागे रवि लामिछाने

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन् । लामिछानेले ४००७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन् । कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् ।

आठ दिनभित्र नतिजा सर्वजनिक गर्छौ : प्रमुख आयुक्त

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतगणना तिव्र रुपमा भइरहेको जनाएको छ । मतदान सम्पन्न भएलगत्तै देखि सुरु गरिएको मतगणनाको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारीका साथ लागेको उनको भनाइ छ । ढिलोमा आठ दिनभित्र नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको उनले बताए । काठमाडौं क्षेत्र नम्बर १० को मतगणनास्थलको निरीक्षण गर्दै उनले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मतपरिणामको नतिजा

काठमाडौं-४ मा गगन थापाको ह्याट्रिक जित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका छन् । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् । भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे ।  गगन थापाले २१ हजार ३०२ मत पाए भने नेकपा एमालेका उम्‍मेदवार राजन भट्टराईले १३ हजार ८५५ मात्र मत ल्याए । ०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम