समाचार

प्रतिनिधिसभा सदस्यमा गगन थापाको जित निश्चित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ । अब गन्न बाँकी मत ४ हजार ८७१ छ । तर अहिले नै गगनको मतान्तर ५ हजारभन्दा बढी भएकाले उनको जित निश्चित भएको हो । काठमाडौं क्षेत्र नम्बर ४ मा गगनसँग नेकपा एमालेका डा. राजन भट्टराई प्रतिस्पर्धामा छन् ।

जुम्लामा ज्ञानेन्द्र शाही फराकिलो अन्तरले अगाडि

जुम्ला । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मत अन्तरले अग्रता कायम राखेका छन् । ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मत पाएका छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा कुँवरले १ हजार ४४९ मत पाएकी छन् । ज्ञानेन्द्र गोमाभन्दा २ हजार ६४२ मतअन्तरले अगाडि छन् । पहिलो पटक संसदीय निर्वाचन लडेका शाही राप्रपाका प्रवक्तासमेत हुन् । नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ७९८ र नेपाल मजदुर

काठमाडौं-१ बाट प्रकाशमान सिंह विजयी

काठमाडौँ १ को मतगणनाको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसका प्रकाशमान सिंहले झिनो मतान्तरले राप्रपाका रवीन्द्र मिश्रलाई पराजित गरेका छन्। सिंह ७ हजार १ सय ४० मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी राप्रपाका रवीन्द्र मिश्रले ७ हजार ११ मत प्राप्त गरेका छन्।मंगलबार बिहान मतगणना सकिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ 

काठमाडौं ३ बाट प्रदेशसभा सदस्यमा लामाको जित निश्चित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामा निर्वाचित हुने निश्चित भएको छ । प्रदेश क्षेत्र १ मा मत गणना अन्तिम चरणमा पुगेको छ । तर गणना हुन बाँकीमतभन्दा बढी उनले अग्रता लिइसकेका छन् ।

नेपालगन्ज म्याराथनले सम्झाउँछ शान्ति सम्झौता भएको ऐतिहासिक दिन

नेपालगंज । शान्ति सद्भाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ आायोजना हुने नेपालगन्ज म्याराथनमा २०२२ को तयारी तीब्र पारिएको आयोजकले जनाएको छ । आज मंसिर ५ गते नेपालगन्ज स्थित बीपी चोक र कोहलपुर चौराहमा दीप प्रज्वलन गरिएको छ ।   नेपालगन्ज म्याराथनका संरक्षक सदस्य केसरबहादुर आले र राष्ट्रिय खेलकुद परिषदका सदस्य एलबी क्षेत्रीले कोहलपुर चौराहमा दीप प्रज्वलन गरी उदघाटन गर्नुभयो भने बीपी चोकमा अर्का संरक्षक सदस्य सन्तोष

मुस्ताङपछि मनाङमा कांग्रेसको क्लिन स्वीप

मनाङ । मुस्ताङपछि कांग्रेसले मनाङमा क्लिन स्वीप गरेको छ । यसअघि एमालेको गढ भत्काउँदै कांग्रेसले नयाँ इतिहास  रचेको हो ।  यसपटक प्रतिनिधिसभा सदस्यमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका हुन् । उनले  एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित  गरेका हुन् । टेकबहादुरको २ हजार ५ सय ७५ मत ल्याउँदा पोल्देनले २ हजार २ सय ४७ मत ल्याए । ०७० सालको निर्वाचनमा पोल्देन छोपाङ गुरूङ प्रतिनिधिसभा सांसद भएका थिए । उनी ०७४ सालको

नौ क्षेत्रमा समाजवादीका उम्मेदवारको अग्रता

काठमाडौं । हालसम्म मतगणना सुरु भएका क्षेत्रमध्ये नौ क्षेत्रमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिएका छन् । उपत्यकाका दुवै क्षेत्रमा समाजवादीका उम्मेदवारले न्यून मत ल्याएकोमा उपत्यका बाहिर उनीहरुले अग्रता कायम राखेका छन् । धादिङ–१, रौतहट–१, दाङ–१, बारा–४, मकवानपुर–२, सल्यान, डोल्पा, अछाम र डोटीमा एकीकृत समाजवादीका उम्मेदवारको अग्रता छ । धादिङ– १ मा राजेन्द्र पाण्डे, रौतहट १ मा माधव कुमार नेपाल, दाङ १ मा मेटमणी चौधरी, बारा ४ मा किसन श्रेष्ठ,

चितवन- १ मा घण्टीको अग्रता, सुर्य तेस्रो स्थानमा

चितवन । चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । कुल ५ हजार ४१५ मत गन्दा घण्टी चुनावी चिन्हका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले १ हजार ८४९ मतसहित अग्रता लिएका हुन् । ढकाललाई सत्ता गठबन्धन तर्फका कांग्रेसका उम्मेदवार विश्व पौडेलले पच्छ्याउँदै छन् । पौडेलले १ हजार ८१० मत पाएका छन भने एमालेका सुरेन्द्र पाण्डेले १ हजार ३६६ मत पाएका छन् ।

चितवनमा रवि लामिछानेले बढाए मत

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले आफ्नो मत ह्वात्तै बढाएका छन् । निकै पछि रहेका उनले पछिल्लो समय मतान्तर घटाएका हुन् । लामिछानेले ८२६ मत ल्याएका छन् । पहिलो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेलले १५६६ तथाक कांग्रेसका उमेश श्रेष्ठले १३३४ मत ल्याएका छन् । यसअघि एमालेका उम्मेदवार लामिछानेभन्दा चार गुणा मतले धेरै थिए । हाल ग्रामिण क्षेत्रमा पर्ने इच्छाकामनामामा मतगणना भइरहेको छ ।

मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

लमजुङ । हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले ३ सय २८ मतान्तरले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित भएका हुन् । कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याएका छन् । एमालेका गुरुङले २ हजार २ सय ४७ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मनाङमा ७१ दशमलब ४७ प्रतिशत मत खसेको छ । कूल मतदाता ६