समाचार

वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

दैलेख । निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालिकोट खाडाचक्र नगरपालिका-५ मौलाकाटिमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आई राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । यसैगरी दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ रामाघाटमा सडक माथि पहिरो आई राजमार्ग अवरुद्ध भएको छ । गुरास गाउँपालिका-६ जिरो प्वाइन्ट र केराबारीस्थित सडक माथिबाट पहिरो आइ सुर्खेत-दैलेख सडकखण्ड अवरोधपछि प्रहरी

चोलेन्द्रलाई सर्वोच्चमा छिर्न नदिन प्रहरी परिचालन

काठमाडौं । महाअभियोग लागेपछि निलम्बित भएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किन लागेको हल्लापछि सर्वोच्च अदालत परिसरमा सुरक्षा सतर्कता बढाइएको छ । जबराले आफू माथिको महाअभियोगको कारबाही टुंगो नलाग्दै आइतबारदेखि नियमित काममा फर्किन लागेको सूचना सर्वोच्चमा पठाएको समाचार बाहिएसँगै राणालाई अदातलत फर्किन नदिन सरकारले सर्वोच्चको गेटमै प्रहरी लगाएर रोक्ने प्रयास गरेको हो । महाअभियोग सिफारिस समितिले शनिबार राति सभामुख अग्नि सापकोटालाई बुझाएको प्रतिवेदनमा जबरामाथि महाअभियोग लगाउन सिफारिस गरिएको छ ।

समानुपातिकको बन्दसूची बुझाउने दिन आज र भोलि

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको प्रक्रिया आजबाट सुरु भएको छ । प्रतिनिधिसभाकाे पाँच वर्षे कार्यकाल गएरातिदेखि सकिएपछि आजबाट नयाँ निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई असोज २ र ३ गते समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका प्रस्तुत गरेको छ । निर्वाचन संघीय संसदमा समानुपातिक निर्वाचन प्रणालीबाट ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना निर्वाचित हुनेछन् । दलहरुले निर्वाचित हुने कूल सदस्य संख्याको

अछाम पहिरो : मृतकको संख्या २२ पुग्यो, ११ जना घाइते

अछाम । अछाममा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका-६ का दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका-५ का १७ वर्षीय जानकी शाही, १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनिषा शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही,

म्याट्रेस र जुत्ता खरिदमा प्रहरीमाथि अख्तियारको छानबिन

काठमाडौं । नेपाल प्रहरीका उच्च अधिकारीले सुडान काण्डबाट अझै पाठ नसिकेको पाइएको छ । प्रहरीमा सामान खरिदमा पुरानै शैलीमा सेटिङको धन्दा सुरु भएको छ । गत आर्थिक वर्षको अन्तिममा यसरी ठूलो अनियमितता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक छानबिनले सार्वजनिक खरिद ऐनको ठाडो उल्लंघन गरी खरिद गरिएको देखिएको छ । आयोगले खरिदसम्बन्धि सम्पूर्ण फाइल झिकाएर छानबिन अघि बढाएपछि प्रहरी प्रधान कार्यालयमा हंगामा मच्चिएको छ । गत आर्थिक वर्षको

पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध

सहजपुर । तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण भीमदत्त राजमार्ग अवरुद्ध बनेको छ । वर्षाले कैलालीको खानीडाँडादेखि डडेल्धुराको भात्काडासम्म राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको अत्तरियास्थित सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अहिले डोजर प्रयोग गरेर कैलालीको सहजपुर क्षेत्रसम्मको पहिरो हटाइ सकिएको छ । अन्य स्थानमा पनि पहिरो हटाउने काम जारी रहेको र पहिरो हटाउँदै सवारी साधन गन्तव्यतिर पठाउने काम भइरहेको छ । कैलालीको खानीडाँडामा

पहिरोले पुरिंएर अछाममा ४ जनाको मृत्यु, ७ जना बेपत्ता

धनगढी । तीन दिनदेखि परेको अविरल वर्षाका कारण अछामका विभिन्न स्थानमा पहिरो गरएको छ । पहिरोले घर पुरिंदा ४ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । जिल्लाको तुर्माखाद गाउँपालिका–५ काँडामा पहिरोले दुई वटा घर बगाएको प्रहरीले जनाएको छ । तुर्माखाँदमै पहिरोले पुरिएर मृत्यु भएका चार जनाको शव फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी नारायण डाँगीले जानकारी दिए । सात जना अझै बेपत्ता रहेको डीएसपी डाँगीले बताए

प्रतिनिधिसभाको कार्यका सकिँदै, अन्तिम बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधि सभाको कार्यकाल आज राति १२ बजे सकिँदै छ। २०७४ मा निर्वाचित सांसद्हरुको अन्तिम संसद् बैठक आज दिउसो १ बजे बस्दैछ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन तय भएसंगै २०७४ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले बुझाएको बन्द सूचि आज राति १२ बजेदेखि खारेज हुने निर्वाचन आयोगकोले जनाएको छ। असोज २ र ३ गते आसन्न निर्वाचनका लागि समानुपातिकको बन्दसूच बुझाउने कार्यतालिका छ।

आज विश्वकर्मा दिवस, सवारीसाधन औजारको पूजा गरी मनाइँदै

काठमाण्डौं । आज  आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । कालिगडले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पूजाआजा गरेर बिश्वकर्मा पूजा गरी मनाएका छन् । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्ने भएका छन् । बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आव २०७७–०७८’ समेत बैठकमा पेस गर्ने सम्भावित कार्यसूची छ । यस्तै १ बजे